विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको काम ३४ प्रतिशत सकिएको छ । तनहुँ हाइड्रो पावर कम्पनी लिमिटेडले ३ चरणमा निर्माण गरिरहेको आयोजनाको काम तिव्र गतिमा अघि बढेकाे हाे ।

आयोजनाको हालसम्म ३१.८२ प्रतिशत वित्तीय प्रगति हासिल गरेको आयोजनाको प्रवर्द्धक कम्पनीका प्रबन्ध सञ्चालक किरणकुमार श्रेष्ठले जानकारी दिए । श्रेष्ठका अनुसार यस अवधिमा १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रूपैयाँ खर्च भएको छ ।

‘केही दिन अगाडि मात्रै ‘सेती नदीको बायाँ किनारतर्फबाट प्रस्तावित बाँधको माथिल्लो भागतर्फ जाने ४३६ मिटर लम्बाइ र सात मिटर चौडाइ भएको आयोजनाको प्रवेश सुरुङको ‘ब्रेक थ्रु’ भएको थियो’ उनले भने, प्रवेश सुरुङ ‘ब्रेक थ्रु’ भएपछि सेती नदीको बायाँतर्फबाट हुने निर्माणका लागि आवश्यक सामाग्री तथा उपकरण लैजान र आवतजावत गर्न सहज भएको छ ।’

आयोजना निर्माण सम्पन्न भएपछि व्यास नगरपालिका–५ बेतेनी हुँदै बाँधतर्फ जान यही सुरुङ प्रयोग गर्न सकिनेछ । आयोजनाको पहिलो चरणअन्तर्गत प्रवेश सुरुङ निर्माण गर्न विसं २०७८ फागुन २८ मा पहिलो विस्फोट गराइएको थियो । सुरुङ निर्माणका लागि आवश्यक विस्फोटक पदार्थको अभावका कारण करिब ४८ दिन काम रोकिएको थियो । सुरुङ निर्माणका लागि अन्तिम विस्फोट मंगलबार गरिएको हो ।

आयोजनाको चरण–१ अन्तर्गत बाँध निर्माणका लागि सोङ दा कर्पोरेसन, भियतनाथ कालिका कन्स्ट्रक्सन प्रालि, नेपाल जेभीसँग विसं २०७७ चैत ९ गते २१ अर्ब ६६ करोड ४० लाख ४१ हजार ८७८ रूपैयाँमा खरिद सम्झौता भएको थियो ।

यो चरणअन्तर्गत मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक पर्ने डाइभर्सन सुरुङ १ र २ को निर्माण भइरहेको छ । दुवै डाइभर्सन सुरुङको इनलेट र आउटलेटबाट खन्ने काम भइरहेको प्रबन्ध सञ्चालक श्रेष्ठले जानकारी दिए ।

बाँधको माथिल्लो भागको स्लोपअन्तर्गत हालसम्म इलिभेसन तह ५४४ मिटरमा ४८० मिटर खन्ने काम सम्पन्न भइसकेको छ । यसैगरी बाँधको दायाँ किनारातर्फबाट माथिल्लो भागको स्लोप खन्नका लागि पहुँच सडक निर्माण सुरु गरिएकाेमा वर्षाका कारण प्रभावित भएको थियो । हालसम्म इलिभेसन तह ४७० मिटरसम्म खन्ने काम सकिएको आयोजनाले जनाएको छ ।

चरण-१ अन्तर्गतको काम २०८३ जेठ १७ गतेभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । हालसम्म २ अर्ब २३ करोड ६८ लाख ४३ हजार रूपैयाँ खर्च भई समग्र भौतिक र वित्तीय प्रगति क्रमशः १२.६८ र ११.६७ प्रतिशत रहेको आयोजनाले जनाएको छ ।

आयोजनाको चरण-२ को निर्माणका लागि सिनो हाइड्रो कर्पोरेशनसँग विसं २०७५ असोज १५ गते युएस डलर १ अर्ब १४ करोड एक लाख ८८ हजार ९ सय ५८ अर्थात् ३ अर्ब ८३ करोड १३ लाख ६० हजार ३६१  रूपैयाँमा खरिद सम्झौता भएको थियो ।

खरिद सम्झौता बमोजिम निर्माण सुरु गर्न कार्यदेश जारी गरेपश्चात सिनोले २०७५ माघ ६ गतेबाट आयोजनास्थलमा परिचालित भई निर्माण गरेको छ । यो चरणअन्तर्गत ८९ मिटर लम्बाइ, २२ मिटर चौडाइ र ५१ मिटर उचाइ भएको भूमिगत विद्युतगृह खन्ने काम २०७९ असार १० गते सम्पन्न भएको आयोजनाले जनाएको छ । यसका अतिरिक्त मुख्य पहुँच सुरुङ, केबल सुरुङ र सेती नदीको दायाँतर्फबाट बाँधस्थलतिर जाने तथा सर्ज ट्याङ्कतर्फको पहुँच सुरुङ निर्माण सम्पन्न भएको प्रबन्ध सञ्चालक श्रेष्ठले बताए ।

आयोजनाको १४५६.९ मिटर लामो मुख्य सुरुङकाे ६८० मिटर खन्ने काम सकिएको छ । सुरुङ खन्ने काम २०७८ कात्तिकदेखि सुरु भएको हो । ‘कमजोर भौगर्भिक अवस्थाका कारण मुख्य सुरुङ खन्ने काम प्रभावित भएको छ, यसका अतिरिक्त कमजोर भौगर्भिक अवस्थाका कारण सर्जट्यांकको निर्माण रोकिएको छ’ श्रेष्ठले भने । आयोजनाको २१०.९ मिटर टेलरेस सुरुङ खन्ने काम भने सकिएको छ ।

हाइड्रो मेकानिकल तथा इलेक्ट्रो मेकानिल कार्य अन्तर्गत पेनस्टक जडानका लागि खन्ने काम सकिएको छ । श्रेष्ठका अनुसार पेनस्टक आयात भई वर्कसपमा फ्रेविकेसनको कार्य भइरहेको छ । चरण-३ अन्तर्गत प्रसारण लाइन निर्माणका लागि ४८ टावरको जग पूरा भएकोे आयोजनाले जनाएको छ । २६ वटा टावर जडान कार्य सम्पन्न भएको र ८ स्थानमा टावर प्रोटेक्सन कार्य भइरहेको छ ।

३४.७ किलोमिटर लामो प्रसारण लाइनमा ९४ टावर राखिनेछ । प्रसारण लाइन निर्माण सन् २०२२ मे सम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit