images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । विराटनगर एकीकृत भन्सार जाँच बिन्दु (आइसीपी) मा रोकिएका जलविद्युत् आयोजनाका सामानहरू भित्रिन थालेका छन् । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान)ले रोकिएका सामानहरू छुटाउन अर्थ मन्त्रालय, भन्सार विभाग र विराटनगर भन्सार कार्यालयमै गएर पहल गरेपछि सामानहरू भित्रिन सुरु भएका हुन् ।

इपानका महासचिव बलराम खतिवडाले आयोजनाका सामानहरू भन्सारमा रोकिएपछि सोमबार विराटनगर भन्सार कार्यालयलमा पुगेर सहजीकरणको लागि पहल गरेका थिए । मंगलवारबाट आयोजनाका सामानहरूकाे जाँचपास सुरु भइसकेको खतिवडाले बताए ।

विगतमा विद्युत् विकास विभागको सिफारिसमा भन्सार छुट सुविधा पाउँदै आएकोमा फागुन १ गतेपछि भने विभागको पत्र बुझाउँदा पनि भन्सारले सामान जाँचपास गर्न अस्वीकार गरेको थियो । भन्सारले जाँचपास रोकेपछि एक दर्जन जलविद्युत् आयोजनाले मगाएका पेनस्टक पाइप, हाइड्रो तथा इलेक्ट्रो मेकानिकल सम्बन्धी उकरण तथा निर्माणमा प्रयोग हुने अन्य उपकरण गरी करीब २०० ट्रक सामान भन्सारमा रोकिएका थिए ।

आयोजना प्रवर्द्धक कम्पनी, जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउन पाउने व्यवस्था रहेकोमा चालु आर्थिक वर्षको आर्थिक ऐनमा जलविद्युत् आयोजना वा त्यसका ठेकेदारले सामान ल्याउने आयोजनासँग सम्बन्धित सामानमा मात्रै भन्सार पास गर्ने व्यवस्था गरेपछि भन्सारमा आएका नयाँ अधिकारीहरू अन्यौलमा परेका थिए । इपानले उक्त अन्यौल हटाउन सहजिकरटा गरेपछि सामानहरूको जाँचपास सुरु भएको हो ।

अबदेखि प्रवर्द्धक कम्पनीका साथसाथै आयोजनाको नाम र क्षमता पनि सबै बीलबिजकमा उल्लेख गरेर सिफारिस गर्ने सहमति गर्दै सामान जाँचपास सुरु गरिएको खतिवडाले बताए । उनले विद्युत विकास विभागलाई पनि सोही अनुसार सिफारिस बनाइदिन अनुरोध गरेको जानकारी दिए ।

५०० भन्दा बढी विद्युत आयोजनाहरू सदस्य रहेको निजी ऊर्जा उत्पादकहरूको साझा संस्था इपानले ऊर्जा आयोजनाहरूका समस्या समाधानका लागि सरोकारवाला निकायमा निरन्तर सहजीकरण गर्दै आएको छ । ऊर्जा उत्पादकहरूका कुनै पनि समस्याका बारेमा इपानलाई जानकारी गराएमा इपानले सधैं सहजिकरण गरिदिने पनि महासचिव खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit