images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । डायनामिक हाइड्रो इनर्जी प्रालिले ४० मेगावाटको लाप्चे तामकोसी आंशिकजलाशय जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले दोलखा जिल्लाको लाप्चे खोलामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । 

बागमती प्रदेश, दोलखा जिल्लाको विगु गाउँपालिका भएर बग्ने लाप्चे खोलामा ४० मेगावाटको लाप्चे तामाकोसी आंशिकजलाशय जलविद्युत आयोजना गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार विद्युत विकास विभागबाट स्वीकृत प्राप्त हुने लगतै आयोजना निर्माणको काम अघि बढाइनेछ । 

आयोजना निर्माण तथा सञ्चालन गर्दा पर्न सक्ने प्रतिकुल असरबारे सरोकारवलासँग राय÷सुझाव माग गरेको छ । विभागले ३५ दिने सूचना जारी गर्दे उक्त अवधिभित्र सुझाव दिन पनि माग गरेको हो । 

नदी प्रवाहमा आधारित रन (रन अफ रिभर) प्रकारको आयोजनाको जडित क्षमता ४० मेगावाट हुनेछ । आयोजनको डिजाइन वहाव १७.७ घनमिटर प्रति सेकेन्ड र कुल हेड २७० मिटर हुने अध्ययनले देखाएको छ । आयोजनाबाट वार्षिक सरदर २३८.१६ गिगावट घण्टा विद्युत उत्पादन हुनेछ । 

आयोजनाको मुख्य संरचनाहरु लाप्चे खोलाको दायाँ किनारमा पर्दछन् । लाप्चे खोलाको दायाँ पट्टी निर्माण हुने इन्टेक पाइप बाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचनाहरुहुदै विद्युतगृहमा लगिनेछ । 

३० मिटर लम्बाई, १८.२ मिटर चौडाई र २० मिटर उचाई भएको विद्युत गृहमा १३७४० किलोवाट क्षमताको टर्वाइनमा पानी खसाली सो टवाईनसँग जोडिएको तीनवटा १५.६९ एभिएको थ्री फेज जनेरेटर मार्फत विद्युत उत्पादन गरिनेछ । 

विद्युतगृह नजिकै स्वीच्यार्ड निर्माण गरिनेछ । उत्पादति विद्युतलाई १३२ केभीको ४४ किलोमिटर लामो प्रसारण लाइन मार्फत नेपाल विद्युतप्राधिकरणको बाह्रबिसे सब–स्टेसनमा जोडिनेछ ।  

आयोजनाको सम्पूर्ण काम पुरा गरी २०८४ जेष्ठदेखि विद्युत उत्पादन गर्ने लक्ष्य छ । आयोजना निर्माण गरी भू–क्षय, वायू प्रदुषण आदीद्वारा वातावरणमा उल्लेखनीय प्रतिकुल असरा नपर्ने गरी निर्माण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit