विद्युत अपडेट

  • प्राधिकरण : ९६७० मे.वा.घन्टा
  • सहायक कम्पनी : १८१९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२३९ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २४००६ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७४१०४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२०८ मे.वा.
२०८३ साउन २१, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । बाँकेमा ३० मेगावाट क्षमताको न्यू नेपालगन्ज सौर्य विद्युत् आयोजना निर्माण हुने भएको छ । यसका लागि आयोजनाको प्रवर्द्धक कम्पनी सोल पावर लिमिटेडले उत्पादन अनुमतिपत्रको माग गर्दै विद्युत् विकास विभागमा आवेदन दिएर प्रक्रिया अघि बढाएको हो ।

आयोजनाको प्रारम्भिक वातावरणीय अध्ययन प्रतिवेदन (आइइई) २०८३ असार ४ गते स्वीकृत भएको थियो । आइइईअनुसार बाँकेको बैजनाथ गाउँपालिका–७ र खजुरा गाउँपालिका–४ को करिब ३०.४७ हेक्टर क्षेत्रफलमा रहने यस आयोजनाको जडित क्षमता ३० मेगावाट रहनेछ ।

आयोजनामा जडान गरिएका सोलर फोटोभोल्टाइक प्यानलहरूबाट उत्पादित विद्युत्‌लाई २५५ किलोवाटका १०८ वटा र ३५ किलोवाटका ३ वटा स्ट्रिङ इन्भर्टरमार्फत करिब ३० मेगावाट विद्युत्‌मा परिणत गरिने छ । आयोजनाबाट वार्षिक औसत ५९.९२२ गिगावाट घण्टा विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । उत्पादित विद्युत्‌लाई ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको न्यू नेपालगन्ज ग्रिड सबस्टेसनमा जोडिनेछ ।

आयोजना  २०८३ माघभित्र निर्माण सम्पन्न गर्ने कम्पनीको लक्ष्य छ । आयोजना निर्माण तथा सञ्चालन गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकूल प्रभाव पर्ने देखिए ३५ दिनभित्र विद्युत् लिखित राय प्रतिक्रिया दिन आग्रह गर्दै विभागले बुधबार सूचना जारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३