विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी ऊर्जा उत्पादकहरूले कोरोना (कोभिड–१९) संक्रमित गम्भिर बिरामीको उपचारमा सहयोग पुग्ने गरी ८ सय ३० वटा अक्सिजन सिलिण्डर सहयोग गरेका छन् । अक्सिजन अभावमा कोरोना संक्रमितको ज्यान जान थालेपछि ३० वटा जलविद्युत आयोजनाका प्रवद्र्धक कम्पनीले  विभिन्न समयमा गरी सम्बन्धित निकायलाई यति अक्सिजन सिलिन्डर दिई सहयोग गरेका हुन् ।

केही जलविद्युत कम्पनीले विद्युत विकास विभागको आग्रहपछि तथा केहीले स्वतःस्फुर्तरूपमा अक्सिजन सिलिन्डर उपलब्ध गराई कोरोना संक्रमितको उपचारमा सहयोग गरेका हुन् । विभागका अनुसार देशभर निर्माणाधीन तथा सञ्चालनमा रहेका ४० जलविद्युत आयोजनामा १ हजार ८८ वटा अक्सिजन सिलिन्डर रहेका छन् । जसमध्ये ३० वटाले सम्बन्धित जिल्ला प्रशासन कार्यालय, स्थानीय तह, स्थानीय प्रहरी कार्यालय तथा नजिकको स्वास्थ्य संस्थामा लगेर अक्सिजन सिलिन्डर बुझाएका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोसीले ७ वटा, २० मेगावाटको तल्लो मोदीले ५ वटा, ४० मेगावाटको खानी खोला–१ ले १४ वटा, २७ मेगावाटको दोर्दी खोलाले ७ वटा सिलिन्डर सम्बन्धित जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको विभागले जनाएको छ । यसैगरी, ४२ मेगावाटको मिस्ट्री खोलाले एउटा, १ सय ११ मेगावाटको रसुवागढीले २५ वटा, ५७.३ मेगावाटको सान्जेनका २ आयोजनाले ३२ वटा, ५२.४ मेगावाटको लिखु–४ ले ५१ वटा, ३० मेगावाटको न्यादीले ७ वटा र तल्लो तादीले १६ वटा अक्सिजन सिलिन्डर स्थानीय तहमा बुझाएका छन् । 

३.२ मेगावाटको गेलुङ खोलाले ६ वटा, ३० मेगावाटको खानी खोलाले ५ वटा, १०२ मेगावाटको मध्यभोटेकोसीले २ वटा, ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ ले ५ वटा सिलिन्डर उपलब्ध गराई सहयोग गरेको विभागको विवरणमा उल्लेख छ । ८२ मेगावाटको तल्लो सोलुले ७५ वटा, १४.९ मेगावाटको माया खोलाले ७५ वटा,  ८६ मेगावाटको सोलु खोलाले ५० वटा, ५ मेगावाटको रुकुमगाडले २ वटा, (लिखु १ र लिखु २) ले १६१ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराएका छन् ।

कांलगा बेसीनमा निर्माणाधीन आयोजनाका प्रवद्र्धकले १४६ वटा, तनहँुले १६ वटा, माथिल्लो बलेफी ‘ए’ ले ५ वटा, विजयपुर खोला–२ ले ३ वटा, मध्यतमोरले १३ वटा, निलगिरीले ११ वटा, सुपर न्यादीले ३ वटा, निलगिरी खोला–२ ले २ वटा, काबेली ‘बी’–१ ले ७ वटा र दुधपोखरी खोलाले २५ वटा अक्सिजन सिलिन्डर उपलब्ध गराई कोरोना संक्रमितको उपचारमा सहयोग पुर्याएका छन् ।

निर्माणाधीन जलविद्युत आयोजनामा थप २ सय ५८ वटा अक्सिजन लिन्डर स्टक रहेको पनि विभागले जनाएको छ । विभागका अनुसार तल्लो सोलुमा ३० वटा, राहुघाटले ५२ वटा, मध्यतमोरमा ५ वटा, सोलु–दूधकोसीमा ७४ वटा अक्सिजन सिलिन्डर बाँकी छन् ।

यस्तै, तनहुँमा १९ वटा, तल्लो मोदीमा २ वटा, माथिल्लो त्रिशूली ३ ‘बी’ मा २ वटा, रुकुमगाडमा एउटा, तल्लो लिखुमा १५ वटा, तनहुँमा १९ वटा, माथिल्लो बलेफि ‘ए’ मा २ वटा, नीलगिरि खोलामा ७ वटा, माईबेनीमा ५ वटा, माथिल्लो फावामा १२ वटा, तल्लो जोगमाईमा ५ वटा, माथिल्लो माछा खोलामा ६ वटा र मध्यमेवामा ५ वटा अक्सिजन सिलिन्डर  छन् ।

निर्माणाधीन जलविद्युत आयोजनामा कार्यरत कर्मचारी तथा कामदार पनि कोरोना संक्रमित भइरहेकाले उनीहरूको उपचारका लागि पनि अक्सिजन आवश्यक पर्न सक्ने भन्दै केही सिलिन्डर स्टकमा राखिएको हो । आवश्यक परेको खण्डमा स्टकमा रहेका सिलिन्डर पनि कोरोना संक्रमितको उपचारका लागि उपलब्ध गराउन तयार रहेको भन्ने निजी प्रवर्द्धकहरूबाट जानकारी आएको विभागले जनाएको छ । 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र विभागले निर्माणाधीन तथा सञ्चालन अवस्थाका जलविद्युत आयोजनामा रहेका अक्सिजन सिलिन्डर उपलब्ध गराएर सहयोग गर्न अपिल गरेको थियो । विभागले बैशाख ३० गते सूचना निकालेर निर्माणाधीन आयोजनामा भएका अक्सिजन प्रयोगलाई तत्कालका लागि रोकेर भए पनि नजिकको स्वास्थ्य संस्था तथा जिल्ला प्रशासन कार्यालयमा बुझाउन निजी ऊर्जा उत्पादकसमक्ष आग्रह गरेको थियो ।

यो पनि पढ्नुहोस्

४० जलविद्युत् आयोजनाले सरकारलाई ८०३ अक्सिजन सिलिन्डर उपलब्ध गराए

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit