विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ साउन २२, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । सरकारले नेपाल आयल निगम (एनओसी) को प्रबन्ध निर्देशकमा नागेन्द्र साहलाई नियुक्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले राज्य स्वामित्वको पेट्रोलियम आपूर्ति गर्ने संस्थाको नेतृत्वका लागि साहलाई प्रबन्ध निर्देशक नियुक्त गर्ने निर्णय गरेको हो ।

यसअघि तत्कालीन प्रबन्ध निर्देशक चण्डिका प्रसाद भट्टले वैशाख ३० मा राजीनामा दिएपछि उक्त पद रिक्त रहेको थियो । त्यसयता झण्डै ३ महिनादेखि साहले कार्यवाहक प्रबन्ध निर्देशकको जिम्मेवारी सम्हाल्दै आएका थिए ।

धनुषाको नगराइन नगरपालिका–३ निवासी चार्टर्ड एकाउन्टेन्ट साहले नेपाल आयल निगममा करिब १९ वर्ष सेवा गरिसकेका छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सिफारिस गरेका अन्तिम तीन उम्मेदवारमध्ये उनी कौशल केसी र सञ्जीवकुमार देवलाई पछि पार्दै सूचीको शीर्ष स्थानमा थिए ।

साहले निगमको नेतृत्व सम्हाल्दा मुलुकमा खाना पकाउने ग्यास (एलपिजी) को अभाव प्रमुख चुनौतीका रूपमा देखिएको छ । ग्यासको आपूर्ति प्रभावित हुँदा देशका विभिन्न स्थानमा उपभोक्ताले लामो समय लाइनमा बस्नुपर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा एलपीजीको सहज आपूर्ति सुनिश्चित गर्नु उनको पहिलो प्राथमिकता हुने अपेक्षा गरिएको छ ।

यससँगै निगमको वित्तीय अवस्था सुदृढ बनाउने जिम्मेवारी पनि उनकै काँधमा आएको छ । मध्यपूर्वमा जारी द्वन्द्वका कारण अन्तर्राष्ट्रिय ऊर्जा बजार प्रभावित हुँदा पेट्रोलियम पदार्थको आयात लागत बढेको र त्यसको असर निगमको वित्तीय अवस्थामा परेको छ ।

साहको नेतृत्वमा नेपाल आयल निगमले इन्धन आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, बजारमा आपूर्तिको स्थिरता कायम गर्ने तथा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आउने उतारचढावका बीच निगमलाई सन्तुलित रूपमा सञ्चालन गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३