images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको मुख्य लगानी रहेको सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडको साधारण सेयर निष्कासन तथा विक्रिी प्रबन्धकका लागि नेपाल एसबिआई मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ । सेयर निष्कासनकर्ता कम्पनी र बिक्री प्रबन्धकबीच आज सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा सूर्य कुण्ड हाइड्रो इलेक्ट्रिकका अध्यक्ष सतिस न्यौपाने र नेपाल एसबिई मर्चेन्टका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोखरेलले हस्ताक्षर गरेका छन् । सूर्य कुण्ड हाइड्रोले सर्वसाधारणबाट पुँजी संकलन गर्ने उद्देश्यले १०० रुपैयाँ अंकित दरका २० लाख कित्ताले हुन आउने २० करोड रुपैयाँ बराबरको सेयर निष्कासन गर्न लागेको कम्पनीले जानकारी दिएको छ ।

सूर्य कुण्डले नुवाकोटको दुप्चेश्वर गाउँपालिका–१ मा ११ मेगावाटको अप्पर तादी खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । कम्पनीका अनुसार हालसम्म आयोजनाको निर्माण करिब ५० प्रतिशत सम्पन्न भइसकेको छ । कूल लागत २२० करोड रुपैयाँ लागत अनुमान रहेको आयोजनामा आवश्यक १३५ करोड रुपैयाँ नेपाल एसबिआई बैंक लिमिटेडले लगानी गरेको छ ।

उक्त कम्पनीमा अपि पावरले बहुमत सेयरमा लगानी गरेको छ । भारतको फ्लोभेल इनर्जीका अत्याधुनिक इलेक्ट्रो मेकानिकल उपकरण जडान गरी अबको १० महिनाभित्र आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य छ । उत्पादित विद्युत् ३३ केभी डबल सर्किट प्रसारण लाइनबाट ८ किलोमिटर टाढाको १३२ केभी समुद्रटार सबस्टेसनमा जडान गरिने छ । त्यहाँबाट त्रिशूली–३ ‘बी’ हब हुँदै काठमाडौँ मातातीर्थसम्म ल्याइने छ ।

तीन दशकदेखि देशको ऊर्जा विकासमा समर्पित गुरुप्रसाद न्यौपाने तथा समूहबाट हालसम्म १०० मेगावाटभन्दा बढी विद्युत् उत्पादन गरी राष्ट्रको नवीकरणीय ऊर्जा उत्पादनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ । अपि पावरले मात्र अहिलेसम्म सौर्य र जलविद्युत् गरी ६२.५ मेगावाट विद्युत् उत्पादन गरी केन्द्रीय प्रणालीमा प्रवाह गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit