• प्राधिकरण : ९८२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५७९२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७४२ मे.वा.घन्टा
  • आयात : ५५३१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ३२८९३ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १५५७ मे.वा.
×

पूर्वाधार विकासमा काेसेढुंगा बन्दै निफ्रा, २२ परियोजनामा साढे २७ अर्ब लगानीको प्रतिबद्धता

२०७९ ब‌ैशाख २५

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर (निफ्रा) बैंक लिमिटेडले स्थापनाको छोटो अवधिमा ऊर्जा, सहरी विकास, यातायात लगायत २२ वटा पूर्वाधार परियोजनामा करिब २७.५० अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ । यसमध्ये करिब १२ अर्ब रुपैयाँ निकासा भई खर्च समेत भइसकेको छ ।

निफ्राले अहिलेसम्म ऊर्जा, पर्यटन तथा होटेल व्यवसाय, सूचना प्रविधि, सिमेन्ट उद्योग, अस्पताल र वेयर हाउजिङसँग सम्बन्धित परियोजनामा लगानी गरेको जानकारी दिएको छ । निफ्राका अनुसार जलविद्युतका १० परियोजनामा १४ अर्ब २० करोड, ८६ लाख, पर्यटनमा ४ अर्ब ८० करोड, सिमेन्टमा २ अर्ब १३ करोड, अस्पतालमा ३ अर्ब ६४ करोड र सूचना प्रविधिमा २ अर्ब ७१ करोड रुपैयाँ लगानी प्रतिबद्धता छ । यसमध्ये ११ अर्ब ९७ करोड २२ लाख १० हजार रुपैयाँ खर्च भइसकेको छ ।

अहिले पाइपलाइनमा १० अर्ब रुपैयाँ बराबरका १० परियोजनाको मूल्यांकन भइरहेको निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले जानकारी दिए । ‘हामीले परियोजनामा जोखिमको सुक्ष्म मूल्यांकन तथा विश्लेषण गरेर लगानीको प्रक्रिया अगाडि बढाउने गरेका छौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यद्यपि, हामीले आफ्नो उद्देश्यअनुसार लगानी विस्तार तथा नीतिगत तहमा काम गर्न सकेका छैनौं ।’

निफ्राले प्रदेशस्तरमा प्रदेश, नगरपालिका संघ र नगरपालिकासँग समन्वय गरेर परियोजना पहिचान तथा सम्भाव्यता अध्ययनमा समेत आफैं लगानी गरेर अगाडि बढेको खतिवडाले बताए । पहिचान तथा अध्ययनबाट आयोजना सम्भाव्य देखिएपछि निर्माणमै लगानी गर्ने गरी अगाडि बढ्ने गरेको उनको भनाइ छ ।

अहिले सिमरा विशेष आर्थिक क्षेत्र (सेज) को प्रवद्र्धनका लागि लगानी विस्तार उद्योग विकास र सञ्चालन गर्न समझदारीपत्र (एमओयू) मा हस्ताक्षर गरेर निफ्रा अगाडि बढेको छ । देशका ३–४ वटा नगरपालिकाको सहरी पूर्वाधार निर्माण गर्न उनीहरूसँगको समन्वय तथा साझेदारीमा काम भइरहेको पनि खतिवडाले जानकारी दिए ।

सहरी पूर्वाधारमा झण्डै २३ खर्ब रुपैयाँ बराबरको लगानी आवश्यक रहेको निफ्राको अध्ययनले देखाएको छ । यसमा मुख्यतः अस्पताल, फोहोरमैला व्यवस्थापन, सहरी सडक निर्माणलगायत पक्षलाई मुख्य प्राथमिकतामा राखिएको छ । ऊर्जा क्षेत्रमा प्रसारण तथा व्यापार जस्ता क्षेत्रमा नतिजामुखी काम गर्ने प्रयास गरिए पनि त्यसले गति लिन नसकेको खतिवडाले बताए ।

निफ्राले यसअघि सरकार तथा नेपाल विद्युत प्राधिकरणसँगको साझेदारीमा विद्युत व्यापार कम्पनी स्थापना गर्ने प्रक्रिया अगाडि बढाएको थियो । तर, यसको राजनीतिक तथा केही सरोकारवाला क्षेत्रबाट विरोध भएपछि अहिले रोकिएको छ । सरकारले निजी क्षेत्रलाई पूर्वाधार क्षेत्रमा लगानी गर्न आह्वान गरिरहँदा केही न केही सुविधा वा सहुलियत दिनुपर्ने उनले प्रस्ट पारे ।

ठूला पूर्वाधार तथा जलविद्युतका मेगा परियोजना निर्माण गर्ने सन्दर्भमा स्वदेशी पुँजी पर्याप्त नरहेको र प्रत्यक्ष विदेशी लगानी (एफडिआई) ल्याउन हेजिङ संयन्त्र अपरिहार्य देखिन्छ । नेपाल राष्ट्र बैंकले हेजिङ नियमावली र यससम्बन्धी व्यवस्था गरे पनि यो पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन भने विदेशी लगानीकर्ता पनि ढुक्कसँग पैसा ल्याउन सक्ने अवस्थामा देखिँदैनन् ।

विश्वासको वातावरण बन्दै गएमा ठूला परियोजनामा प्रत्यक्षरूपमा लगानी विस्तार गर्न निफ्राले राज्यको योजना अनुसार काम गर्न र परिणाम देखाउन सक्ने खतिवडाको निष्कर्ष छ ।

निफ्राले अहिलेसम्म गरेको क्षेत्रगत लगानीको अवस्था (रु. ०००,०००)

क्र.सं. क्षेत्र परियाेजना संख्या लगानी लगानी % खर्च खर्च %
१. ऊर्जा १० १४२०८ ५१.६७ ४६४८ ३९.१५
२. पर्यटन ४८०७ १७.४८ २७१३ २२.६६
३. सिमेन्ट २१३४ ७.७६ २४०४ १५.४९
४. अस्पताल ३६३९ १३.२३ ३०९.३३ १४.९६
५. सूचना प्रविधि २७०९ ९.८५ ९२५.६२ ७.७३
  कूल २२ २७४९७ १०० ११९७२ १००

स्राेत : निफ्रा

प्रतिक्रिया

सम्पादक : लक्ष्मण वियोगी
© 2022 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +977-1-5321303
Site By : Nectar Digit