विद्युत अपडेट

  • प्राधिकरण : ९०४९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०६३ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२०६८ मे.वा.घन्टा
  • आयात : २१० मे.वा.घन्टा
  • निर्यात : १८१६४ मे.वा.घन्टा
  • ट्रिपिङ : २५ मे.वा.घन्टा
  • ऊर्जा माग : ६४४१५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८१४ मे.वा.
२०८१ असोज १, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैँ । अछाम जिल्लाकै अति विकट, दुर्गम र पिछडिएको क्षेत्र मानिएको तुर्माखाद गाउँपालिकाका दुई वडा वडामा दैलेखबाट विद्युत् लगेर विद्युतीकरण गरिएको छ । दैलेखको सीमा नजिक पर्ने अछामको तुर्माखाद वडा नम्बर १ रहफ र वडा नम्बर २ मा पर्ने भुलु क्षेत्रमा दैलेख वितरण केन्द्रबाट बिजुली पुर्‍याइएको हो । यसबाट ती वडाका १ हजार ३२ घरधुरी मध्ये करिब २३० घरधुरी अर्थात करिब २० प्रतिशत घरमा बिजुली सेवा पुगेको केन्द्रका प्रमुख नरेश रावलले बताए । त्यस्तै कर्णाली राजमार्ग/कर्णाली नदी करिडाेरका थप ५० घरधुरीमा समेत बिजुली पुगेकाे उनले बताए । 

‘कर्णालीपारि पर्ने ती दुई वडाका स्थानीयले लामो समयदेखि विद्युतीकरणको माग गरिरहेका थिए,’ उनले भने, ‘अछामतर्फबाट त्यहाँ विद्युतीकरण गर्न पनि सहज थिएन । त्यसपछि दैलेख वितरण केन्द्रबाट वितरित दुल्लु र जम्बुकाध फिडर विस्तार गरी सो स्थानमा बिजुली पुर्‍याइएको हो । यसक्षेत्रका अझै ६० प्रतिशत गाउँ बस्तीमा बिजुली पुर्‍याउन बाँकी छ ।’ 

फेरीबाट कर्णाली तारेर ३ वटा ट्रान्सफर्मर र पोलहरू लगी जडान गरेर सो ठाउँमा बिजुली पुर्‍याइएको हो ।’ हिरा नेपाली निर्माण सेवा कम्पनी जुम्लाले लाइन निर्माणको काम गरेको केन्द्रले जनाएको छ । त्यस्तै गाउँमा बिजुली पुर्‍याउन स्थानीय जनप्रतिनिधिहरूको सक्रियतासमेत प्रभावकारी देखिएको बताइएको  छ । 

गाउँपालिका केन्द्र पुग्न समेत भरपर्दो सडक सुविधा नभएको उक्त स्थानका मानिस दैलेखतिरबाट झोलुङ्गे पुल तरेर उक्त स्थानमा पुग्नुपर्ने अवस्थामा छन् । गाउँमा बिजुली पुगेपछि स्थानीयले उत्सव मनाएका छन् । 

तस्बिरहरू

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३