काठमाडौँ । सर्वोच्च अदालतले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ । सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले यस्तो आदेश दिएको हो ।
जेनजी आन्दोलनको बलमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका प्राधिकरणकै पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङले शाक्यलाई गत असोज ५ गते जल तथा ऊर्जा आयोगमा सरुवा गरेका थिए । प्राधिकरणको नेतृत्वमा मनोज सिलवाललाई नियुक्त गरी आयोगमा तानेपछि उनी त्यसविरुद्ध शाक्यले सर्वोच्चमा रिट निवेदन दायर गरेका थिए ।
सर्वोच्च अदालतको आदेश


