images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
ट्रंक र डेडिकेटेड लाइन विवाद

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले ट्रंक र डेडिकेटेड लाइन प्रयोगबापतको विद्युत् महसुल बक्यौता रकम किस्ताबन्दीमा बुझाउनको लागि आवेदन दिन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आगामी ३० दिनभित्र प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखी किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन आग्रह गरेको हो ।

नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको २०८०/०९/१६ को बैठकले उद्याेगीहरूसँग विगतकाे बक्यौता विद्युत् महसुल रकम असुलउपर गर्न एक पटकका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीमा बुझाउन पाउने गरी निर्णय गरेको थियो । सोहि किस्ताबन्दीको सुविधाका लागि आवेदन दिन प्राधिकरणले आग्रह गरेको हो ।

केहि उद्योगले किस्ताबन्दीमा बक्यौता तिर्न सहमत भई किस्ता तिर्न थालिसकेका छन् । अधिकांश उद्योगले आफुले बिजुली उपभोग गरेको प्रमाण प्राधिकरणले देखाए मात्र बक्यौता तिर्ने बताउँदै आएका छन् । प्रमाण खोजेका उद्योगहरूले आफुले बिजुली नै नबालेको बताउदै आएका छन् ।

प्राधिकरणले बक्यौता नतिर्ने ६१ वटा उद्योगमध्ये गत पुस ६ यता २४ वटा उद्योगको लाइन काटिसकेको छ । त्यसमध्ये बक्यौताको किस्ता तिरेपछि हिमाल आइरनको भने लाइन जोडिएको छ । ६१ वटा उद्योगले प्राधिकरणलाई २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी रहेकाे प्राधिकरणले बताउँदै आएकाे छ ।

प्राधिकरणकाे सूचना

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit