विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ‘खोकना राजकुलो मुहान निर्माण’ सिँचाइ आयोजनाको काम सुरु भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नयाँ प्रविधिमा आधारित सिँचाइ आयोजनाको शिलान्यास गरेपछि ललितपुर महानगरपालिका–२१ स्थित नख्खु खोलामा मुहान संरक्षणको काम सुरु भएको हो ।  

उत्तर-पश्चिम ललितपुरमा अवस्थित खोकना राजकुलो सिँचाइ प्रणाली करिब ३ सय वर्ष अघिदेखि सञ्चालनमा आएको स्थानीय बताउँछन् । सो राजकुलोको सञ्चालन विगतमा स्थानीय क्षेत्रका मुख्य व्यक्तिबाट हुँदै आएकोमा अहिले खोकना राजकुलो व्यवस्थापन समितिमार्फत हुँदै आएको छ ।

मन्त्रालयले स्थानीय कृषकको मागलाई मध्यनगर गर्दै आवश्यकता र पहिचानका आधारमा चालू आर्थिक वर्षमा मुहान संरक्षणका लागि १ करोड ३२ लाख र नहर निर्माणका लागि ४० लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । 

राजकुलोे मुहानको शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री भुसालले ऊर्वरा भूमिलाई खण्डीकरण गरेर घडेरीकारूपमा बिक्री गर्नुभन्दा कृषि उत्पादन गरी आर्थिक उपार्जन गर्न खोकनावासीलाई आग्रह गरिन् । उनले सामूहिक खेती गरेर उत्पादकत्व बृद्धिमा लाग्नु पर्नेमा जोड दिइन् ।

तेलका लागि प्रसिद्ध खोकना सांस्कृतिक एवं कृषिका दृष्टिकोणले ऐतिहासिक रहेको उल्लेख गर्दै भुसालले शिलान्यास गरिएको राज कुलोको काम गुणस्तर कायम गरी निर्धारित समयमा सम्पन्न गर्न निर्देशन समेत दिइन् । ‘उपभोक्ताले कामको निरन्तर नियमन गरेर कुलोबाट जतिसक्दो धेरै फाइदा लिने गरी निर्माण गर्नुपर्छ,’ उनले भनिन्,‘ त्यसका आवश्यक प्रवन्ध म गर्नेछु, स्थानीय स्तरमा तपाइँहरू सक्रिया हुनुहोस् ।’

कार्यक्रममा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राईले ऐतिहासिक खोकना राजकुलोको संरक्षण र सम्बद्र्धनमा मन्त्रालयले निरन्तर सहयोग गर्ने विश्वास दिलाए । उनले  स्थानीय उपभोक्ताले सही सदुपयोग गरेर कृषि जन्य वस्तुको उत्पादकत्व बृद्धि गर्नुपर्नेमा जोड दिए । 

सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यले राजकुलो स्तरोन्नतीबाट खोकनाबासीलाई फाइदा पुग्ने विश्वास व्यक्त गरे । उनले विनियोजित बजेटलाई सही तवरले सदुपयोग गर्न स्थानीय समक्ष आग्रह समेत गरे ।

कार्यक्रममा ललितपुर महानगरको २१ नम्बर वडाका अध्यक्ष रविन्द्र महर्जनले खोकनावासीका खेत सिञ्चित गर्न राजकुलोको  स्तरोन्नतिका लागि विनियोजित बजेटको सही सदुपयोग गरेर सिँचाइ प्रणालीमा सुधार ल्याउने प्रतिबद्धता जनाए । उनले आगामी दिनमा खेतीयोग्य जमीन खण्डीकरण हुन नदिनतर्फ आफूले ध्यान दिने बताए ।

स्तरोन्नतिको काम सुरु भएको राजकुलोबाट छम्पी, ठेचो, बुङ्मती, भैसीपाटी र खोकनाका करिब १० हजार रोपनी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा पुर्याउन सकिनेछ । यस प्रणालीबाट करिब २ हजार घरधुरीका किसान एवं ७ हजार जनसंख्या  लाभान्वित हुने नयाँ प्रविधिमा आधारित नदी नियन्त्रण आयोजनाले जनाएको छ । 

खोला किनारको अतिक्रमणका कारण बहाव क्षेत्रफल घट्दै गएका कारण खोला किनार असुरक्षित हुँदै गएकाप्रति स्थानीयले चिन्ता व्यक्त गर्दै आएका थिए । उनीहरूले ऐतिहासिक सिँचाइ प्रणालीलाई संरक्षण गर्नका लागि सरकारसँग माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit