विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंगटी हाइड्रो इनर्जी प्रालिले साधारण सेयर बाँडफाँड गरेको छ । कम्पनीले दोलखामा निर्माण सम्पन्न गरेकाे २५ मेगावाटको सिंगटी जलविद्युत आयोजनाको साधारण सेयर शुक्रबार (आज) बाँडफाँड गरेको हो ।

गत चैत्र ६ देखि १० गतेसम्म निष्कासन गरेको सेयर बाँडफाड गरिएको कम्पनीका सञ्चालक बटु लामिछानेले बताए । उनका अनुसार आवेदकमध्ये २ लाख ६९ हजार ७ सय जनाले मात्रै गोलाप्रथाबाट कम्पनीकाे १० कित्ता सेयर पाएका छन् । 

कम्पनीकाे सेयर किन्न १५ लाख ६५ हजार ५ सय ३० जनाले १५ करोड ६५ लाख ५३ हजार रुपैयाँ बराबरको १५ लाख ६५ हजार ५ सय ३० कित्ताका लागि आवेदन दिएका थिए । साधारण सेयरका लागि परेकाे आवेदन माग भन्दा ९ गुणा बढी हो ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यको २९ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्कासन गरेको थियो । निष्कासन गरेको सेयरमध्ये ५८ हजार कित्ता अर्थात् २ प्रतिशत सेयर कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरिएको थियो ।

१ करोड ४५ लाख रुपैयाँ बराबरको १ लाख ४५ हजार कित्ता अर्थात् ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुटट्याइएको थियो । बाँकी २६ करोड ९७ लाख रुपैयाँ बराबरको २६ लाख ९७ हजार कित्ता सेयर सर्वसाधारणका लागि खुल्ला गरिएको थियो ।

कम्पनीले यसअघि पनि आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको १४ करोड ५० लाख रुपैयाँ बराबरको १४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरी बाडफाँड गरिसकेको छ । स्थानीयका लागि छुट्याइएको सेयरका लागि पनि मागभन्दा बढी आवेदन परेको थियो ।

कम्पनीले लगानी गरेको सिंगटी खोलाको निर्माण सम्पन्न भई परीक्षणसमेत सकिएको छ । १३२ केभी सिंगटी–लामोसाँघु प्रसारण लाइन पूरा भइनसकेकाले आयोजनाको विद्युत प्रणालीमा जोडिन सकेको छैन ।

प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेकाले २०७८ बैशाख महिनाभित्र आयोजनाबाट विद्युत उत्पादन सुरु हुँदैछ । आयोजना सञ्चालनमा आएपछि विद्युत बिक्रीबाट वार्षिक ७० करोड रुपैयाँ आम्दानी हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit