विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । निर्माणाधीन जुम–खोला जलविद्युत् आयोजनाको क्षमता ५६ बाट बढेर ७० मेगावाट हुने भएको छ । टेलरेस राख्ने स्थान देउरालीमा भीषण पहिरो आएर ठाउँ सार्नुपर्दा क्षमता बढेको हो ।

२०८२ जेठ १८ गते र असोज २१ गते देउरालीभन्दा तल भीषण पहिरो गएको थियो । पहिरो नियन्त्रण काबुबाहिर गएपछि टेलरेस आउटलेट स्थानान्तरण गरियो । यो क्षेत्र स्थानान्तरणसँगै हेड र डिजाइन डिस्चार्ज बढेपछि १४ मेगावाट क्षमता समेत बढेको आयोजनाले जनाएको छ ।

पहिरो गएपछि सानिमा जुलले प्राविधिक अध्ययन टोली खटाएको थियो । प्राविधिक टोलीकै सिफारिस अनुसार आउटलेट स्थानान्तरण र क्षमता बढाएको सानिमा जुम हाइड्रोपावर लिमिटेडका महाप्रबन्धक सकुन्द ओझाले जानकारी दिए । उनका अनुसार आउटलेट तल्लो तटीय क्षेत्रमा स्थानान्नन्तरण गर्दा ३० मिटर हेड बढेको छ । बढेको लागत बारे विश्लेषण भइरहेको समेत उनले बताए ।

आयोजनाले पानीको अधिकतम् बहाब २८.६८ घनमिटर प्रतिसेकेन्ड उपयोग गर्ने छ । सम्पूर्ण संरचना जुम खोलाको बायाँ किनारमा प्रस्ताव गरिएको छ । नेपाल–चीन सीमाबाट १.५ किलोमिटर तल्लो तटीय क्षेत्र र लप्ची र जुम खोला दोभानबाट १.५ किमि माथिल्लो तटीय क्षेत्रमा ६८ मिटर लम्बाइ, १२ मिटर चौडाइ र ७.६२ मिटर उचाइमा बाँध निर्माण हुनेछ ।

बालुवा थिग्र्याउन २ वटा भूमिगत पोखरी समेत निर्माण हुनेछन् । त्यसबाट १ हजार ४२० मिटर लामो सुरुङ, ४५ मिटर उचाइको सर्जसाफ्ट, २५२ मिटर ठाडो पेनस्टक साफ्ट र १५६ मिटर लामो तस्रो पेनस्टक साफ्टपछि विद्युत्गृहमा २३.३३ मेगावाटका ३ वटा टर्बाइन र जेनेरेटरमार्फत विद्युत् उत्पादन गर्ने लक्ष्य छ । विद्युत्गृहबाट निस्केको पानी २ हजार ५६ मिटर लामो टेलरेसमार्फत पुनः तामाकोसीमा खसालिने छ ।

२०७७ असोज २७ गते वन तथा वातावरण मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन प्रतिवेदन (इआइए) स्वीकृत गरे पनि क्षमता बढेका कारण पूरक इआइए गर्नुपर्ने भएको छ । वातावरण संरक्षण ऐन २०७६ दफा ११ को उपदफा १ अनुसार गत चैत २४ गते तत्कालीन वन तथा मन्त्रालयबाट सहमति लिएर पूरक प्रतिवेदन तयार गरी सार्वजनिक सुनुवाइको तयारी भइरहेको जनाइएको छ ।

आयोजनाका लागि स्थायी रूपमा ८ हेक्टर र अस्थायी ७.९३ हेक्टरसहित १९.९३ हेक्टर जमिन उपयोग गर्ने प्रतिवेदनमा छ । आयोजनामा निजी जग्गा पर्दैन । १८ प्रजातिका ७ सय ९८ रुख काट्नुपर्ने छ ।

वन क्षेत्रको परिपूर्ति गर्न गौरीशंकर संरक्षण क्षेत्रसँग समन्वय गरेर अन्य खाली क्षेत्रमा क्षति भएका एक रुख बराबर १० रुख वृक्षारोपण गरी ५ वर्षसम्म आफैँले संरक्षण गरेर हस्तान्तरण गर्ने गरी वृक्षारोपण गरी संरक्षणसमेत गर्दै आएको छ । आयोजनाको वातावरणीय अध्ययन सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ प्रालिको वातावरण विभागले गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३