विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको उत्तराखण्ड राज्यको चमोली जिल्लामा आज बिहान (माघ २५ गते) करिब १० बजेतिर ऋषिगंगाको माथिल्लो क्षेत्रमा पर्ने एक हिमताल विष्फोट हुँदा त्यहाँ निर्माण भइरहेको १३.२ मेगावाटको ऋषिगंगा जलविद्युत् आयोजनाको बाँधलगायत संरचना बगाएको छ ।

नदीमा पानीको सतह एक्कासी बढ्दा आयोजनास्थल पूर्णरूपमा बगाएको भारतीय समाचार संस्थाहरूले जनाएका छन् । यो समाचार तयार गर्दासम्म सुरुङमा थुनिएका १६ जनाको उद्धार गरिएको बिबिसी हिन्दीले जानकारी दिएको छ । यद्यपि, तल्लाे क्षेत्र तपाेवनमा एनटिपिसीले निर्माण गरिरहेकाे ५२० मेगावाटकाे विष्णुगाडमा १ सय ५० भन्दा बढी कामदार बेपत्ता रहेको उल्लेख छ ।

उत्तराखण्डका मुख्य मन्त्री त्रिवेन्द्र सिंह रावतले नदीमा आएको बाढीको भिडियो प्रकाशन गर्दै सर्वसाधारणलाई सतर्क रहन अपिल गरेका छन् । मुख्य मन्त्री रावतका अनुसार आज अपरान्ह ३ बजेर १० मिनेटसम्म नदीमा पानीको बहाब सफा देखिएको थियो । र, राज्य सरकारको ध्यान सुरुङमा फसेका कामदारको बचाउमा केन्द्रित थियो ।

सुरुङमा थुनिएका कामदारको उद्धार गरिए पनि नदीमा आएको पानीको बहाबले मानवीय क्षति के कति भएको छ भन्ने यकिन भइसकेको छैन । मुख्य मन्त्री सिंहले समाचार संस्था रोयटर्ससँग कुरा गर्दै भनेका छन्, ‘हाम्रो सम्पूर्ण ध्यान कामदारको उद्धार बेपत्ताको खोजीमा केन्द्रीत छ ।’

नदीमा बढेको पानीको सतहका कारण ऋषिगंगामा परेको असर धौलीगंगा नदीमा पनि देखिएको छ । यसबाट एनटिपिसीले तपोवनमा निर्माण गरेको ५२० मेगावाटको विष्णुगाड आयोजनामा पनि आंशिक क्षति पुगेको छ । त्यहाँका १५० कामदार बेपत्ता रहेको र १० जनाको शब फेला परेको जनाइएको छ ।

विष्णुप्रयागमा धौलीगंगा अलकनन्दा नदीमा मिसिन्छ । यद्यपि, अलकनन्दामा पानीको बहाब सामान्य रहेको बताइएको छ । पानीको बहाब बढ्न सक्ने खतराका कारण राज्य सरकारले श्रीनगर बाँधको ढोका खोल्न आदेश दिएको छ ।

भारतका राष्ट्रपति रामनाथ कोविदले पनि हिमताल फुटेर भएको क्षतिप्रति दुःख व्यक्त गरेका छन् । यस्तै, गृह मन्त्री अमित शाहले थप उद्धारका लागि हवाई सेनालाई तैनाथ गरेको समाचार छ । उता प्रधानमन्त्री नरेन्द्र मोदीले पनि सुरक्षाका सबै संयन्त्र परिचालन गरेको बताएका छन् ।

भारतबाट बगेर आउने धौलीगंगा महाकाली नदीमा समेत मिसिने हुँदा यसले नेपालतर्फ के कस्तो असर पर्न सक्छ भने आशंका गरिएको छ । यसबारे दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) शरदकुमार पोखरलेलसँग प्रश्न गर्दा उनले नेपालतर्फ जोखिम नरहेको बताए । ‘भारतको ऋषिकेश क्षेत्रको घटना रहेछ, भारतबाट भारततर्फ नै बग्ने नदी भएको हुँदा हाम्रो पट्टीको कुरा होइन,’ उनले आइतबार ऊर्जा खबरसँग भने, ‘नेपालतर्फ कुनै जोखिम छैन ।’

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit