विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दोलखामा सञ्चालनमा रहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत प्रवाह हुने गोंगर-खिम्ती प्रसारण लाइनको ४० नम्बर टावर बांङ्गिएको छ । जिल्लाकाे कालिञ्चोक गाउँपालिका वडा नम्बर ३ सिंगटी अस्पतालभन्दा केही माथि रहेको २२० केभी लाइनको टावर बांङ्गिएको हो ।

अविरल वर्षाले जमिनको सतह बगेपछि टावरमा समस्या परेको आशंका गरिएको छ । टावर बांङ्गिएपछि त्यसको अध्ययनका लागि प्राविधिक टोली पठाएको अप्पर तामाकोसी हाइड्रो पावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले बताए । यही लाइनबाट माथिल्लो तामाकोसीको विद्युत खिम्ती सबस्टेसनमा जोडेर ढल्केबर र काठमाडौंमा प्रसारण भइरहेको छ ।

‘बाहिरबाट हेर्दा ठूलो समस्या नदेखिए तापनि त्यसको अध्ययनका लागि परामर्शदाता सहितको विज्ञ टोली स्थलगत रुपमा पठाएको छ’, उनले भने, ‘अध्ययन प्रतिवेदनपछि मात्र के कस्तो असर पर्छ भन्ने देखिनेछ ।’

२ वर्षअघि पनि यही टावर रहेको जमिन बगेपछि टावर बांङ्गिएको थियो । त्यसबेला प्रसारण लाइन निर्माणकै चरणमा रहेकाले त्यसलाई भत्काएर नयाँ ठड्याएको थियो । त्यस क्षेत्रमा वर्षातको पानी कटाउने उचित निकासको ठाउँ नहुँदा जमिन बग्ने समस्या रहेको छ । टावर सार्नु पर्ने वा पुनः भत्काएर नयाँ बनाउन भने आयोजनालाई करोडौ घाटा पर्न सक्छ । अहिले दैनिक आयोजनाले २ करोड ५० लाखको विद्युत विक्री गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit