काठमाडौँ । नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले सेयरधनीलाई २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न १६औँ वार्षिक साधारण सभाले बोनस सेयर वितरण गर्ने सञ्चालक समितिको उक्त निर्णयलाई पारित गरेको हो ।
साधारण सभाले गत आर्थिक वर्ष (२०८१/८२) को मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने ८ करोड १० लाख रुपैयाँ बरावरको बोनस सेयर वितरण गर्ने भएको हो । त्यस्तै, कर प्रयोजनका लागि चुक्ता पुँजीको १.३१५८ प्रतिशतले हुन आउने ४२ लाख ६३ हजार १५७ रुपैयाँ वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष सुजितकुमार शाक्यको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको थियो ।