विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । संखुवासभाको पिलुवा खोलामा निर्माणाधीन १०.३ मेगावाटको डाउन पिलुवा खोला जलविद्युत आयोजनाले अबको १६ महिनामा विद्युत उत्पादन सुरु गर्ने भएको छ । ५६ प्रतिशत निर्माण सम्पन्न भएको आयोजनाबाट २०७९ साउनदेखि विद्युत उत्पादन हुने गरी काम भइरहेको हो ।

आयोजनाको बाँध क्षेत्रको निर्माण सकिएको प्रवर्द्धक रिभरफल्स पावर कम्पनीका संयोजक यज्ञप्रसाद सुवेदीले बताए । उनका अनुसार पाइप लाइन र विद्युतगृहको काम भइरहेको छ । 

‘२.४ किलोमिटर लामो हेडरेस पाइप बिछ्याउने काम भर्खरै सुरु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘पाइप जडान कार्य २०७८ चैत्रभित्र पूरा गर्ने लक्ष्य छ ।’ उनले भारतमा निर्माण भएको पाइप आयात गरेर जडान गरिएको बताए । 

विद्युतगृहमा सिभिल संरचना निर्माणको काम धमाधम भइरहेको छ । संरचना तयार भएपछि आगामी माघदेखि इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु हुने पनि उनले बताए । मंसिरदेखि नै आयोजना स्थलमा उपकरण आयात गर्न सुरु गरिनेछ ।

नेपालको धौलागिरी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट कम्पनीले आयोजनाको सिभिल संरचना निर्माण गरिरहेको छ । आयोजना सम्पन्न भएपछि उत्पादन हुने विद्युत २२० केभी कोसी कोरिडोर प्रसारण लाइनको बानेश्वर सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्म आवश्यक साढे ३ किलोमिटर लामो प्रसारण लाइन कम्पनीले नै निर्माण गर्दैछ ।

प्रसारण लाइन निर्माणका लागि डिजाइन तयार भइसकेको सुवेदीले जानकारी दिए । बैशाखदेखि प्रसारण लाइन निर्माणको काम सुरु हुँदैछ । 

नेपाल विद्युत प्राधिकरणसँग भएको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार आयोजनाबाट यो चैतदेखि विद्युत उत्पादन सुरु गर्नुपर्ने तालिका थियो । तर, विद्युत प्रवाह हुने कोसी कोरिडोर प्रसारण लाइन निर्माणमा समय लागेकाले १ वर्ष ढिला गरी विद्युत उत्पादन काम सुरु गरेकाले उत्पादन धकेलिएको कम्पनीले जनाएको छ ।

आयोजना सम्पन्न गर्न १ अर्ब ८९ करोड ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा सिटिजन्स बैंकको अगुवाईमा नेपाल इन्भेष्टमेन्ट र प्रभु बैंकले ७० प्रतिशत अर्थात १ अर्ब ३२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत अर्थात ५७ करोड ४० लाख रुपैयाँ स्वँपुँजी लगानी छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit