विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

कास्की (ताङतिङ) । सुपर मादी हाइड्रो पावर लिमिटेडले जिल्लाको मादी गाउँपालिकामा निर्माण सम्पन्न गरेको ४४ मेगावाटको सुपर मादी जलविद्युत आयोजनाको आज (चैत ११ गते) देखि उत्पादन परीक्षण सुरु भएको छ । नेपाल विद्युत प्राधिकरण अधिकारीहरूको उपस्थितिमा परीक्षण थालनी गरिएको हो ।

सञ्चालनमा आएका मध्ये सुपर मादी स्वदेशी निजी क्षेत्रले निर्माण गरेकाे दोस्रो ठूलो आयोजनामा पर्छ । यसअघि, साहास ऊर्जा लिमिटेडले निर्माण गरेको ८६ मेगावाटको सोलु–दूधकोसीबाट व्यापारिक उत्पादन सुरु भइसकेको छ । आज (शनिबार) देखि १५ दिनसम्म परीक्षण उत्पादन गर्ने र यसको सफलतापटि व्यापारिक उत्पादन सुरु हुनेछ । विगतमा आइपरेका बाढी पहिरो, कोरोना महामारी जस्ता प्राकृतिक प्रकोपका बाबजुत निर्माणलाई तीव्रता दिएर विद्युत उत्पादनको चरणमा पुर्याइएको कम्पनीका कार्यकारी अध्यक्ष पुष्पज्योति ढुंगानाले बताए ।

१५ दिनसम्म हुने परीक्षण उत्पादनको बिजुली भने प्राधिकरणलाई निशुल्क उपलब्ध गराउनुपर्ने प्रावधान रहेको हुन्छ । परीक्षण उत्पादनका क्रममा अहिले आयोजनाबाट १५ मेगावाट विद्युत उत्पादन भइरहेको जनाइएको छ । शुक्रबार साँझदेखि परीक्षण उत्पादन सुरु भएको हुँदा अहिलेसम्म करिब ८ लाख युनिट बिजुली प्राधिकरणलाई दिइसकेको ढुंगानाले जानकारी दिए । निशुल्करूपमा प्राप्त हुने बिजुलीबाट चालू आर्थिक वर्षमा प्राधिकरणलाई झण्डै ८० करोड रुपैयाँ नाफा हुने अनुमान गरिएको छ ।

‘२०७८ साल असार १ गते मादी नदीमा आएको बाढीले १ अर्ब रुपैयाँ भन्दा बढी क्षति पुर्यायो, कोरोना माहामारीले धेरै पटक काम अवरुद्ध हुने परिस्थिति बन्यो,’ उनले ऊर्जा खबरसँग भने, ‘यावत समस्यालाई कुशल ढंगबाट व्यवस्थापन गर्न सकेका कारण लक्षित समयमा हामीले परिणाम देखाउन सकेका छौं ।’ प्राधिकरणसँगको विद्युत खरिद सम्झौता (पिपिए) अनुसार विद्युतको व्यापारिक उत्पादन गर्नुपर्ने अवधि २०७८ चैतलाई तोकिएको थियो तर बाढी पहिरो, कोरोना महामारी जस्ता घटनाको सामना गर्नु परेको हुँदा एक वर्ष समय ढिला हुन गएको उनको भनाइ छ ।

आयोजनाबाट वार्षिक २४२.६५ गिगावाट घन्टा (२४,२६,५०,००० युनिट) बिजुली उत्पादन हुनेछ । उत्पादित विद्युत विद्युतगृहदेखि १९ किलोमिटर दूरीमा रहेको लेखनाथ सबस्टेसनमा जोडिएको छ । प्राधिकरणसँग भएको पिपिए अनुसार हिउँदका ४ महिना प्रतियुनिट ८.४० रुपैयाँ र बर्खाका ८ महिना प्रतियुनिट ४.८० रुपैयाँ दर निर्धारण गरिएको छ । यसको आधारमा उत्पादन सुरु भएको वर्ष कम्पनीले बिजुली बिक्रीबाट १ अर्ब ३० करोड रुपैयाँ आम्दानी गर्ने ढुंगानाले जानकारी दिएका छन् ।

७ अर्ब ४७ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण पूरा भएको विवरण तयार हुँदासम्म करिब ८ अर्ब ७० करोड रुपैयाँ पुग्ने अनुमान रहेको पनि ढुंगानाले जानकारी दिए । उनका अनुसार सुरुङ खन्ने क्रममा देखिएको भौगोलिक जटिलताका कारण सुरुङभित्र ८०० मिटर पेनस्टक पाइप राखिएको छ । यो कामका लागि मात्र करिब २५ करोड रुपैयाँ थप खर्च भएको छ ।

‘नदीमा आएको बाढीका कारण समय लम्बिँदा ४७ करोड रुपैयाँ ब्याजमात्र बढ्न गएको छ,’ उनले थपे, ‘रसिया–युक्रेनको युद्धले पेट्रोलियम पर्दाथमा भएको मूल्यवृद्धि, महँगो फलाम तथा डण्डी, व्यवस्थापन लगायत शीर्षकमा समेत २० करोड रुपैयाँ बढ्न गयो ।’ विविध समस्याका बाबजुत पनि स्थानीयवासी, स्थानीय प्रशासन तथा सरोकारवाला सबैको अति नै महत्त्वपूर्ण सहयोग रहेको उनको भनाइ छ ।

२०७५ जेठ ८ गतेदेखि सिभिल निर्माणको ठेक्का भई काम सुरु गरेको हिमाल हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले समस्या खडा गरेपछि कामको जिम्मा फेवा कन्स्ट्रक्सनलाई दिइएको थियो । यस्तै, लगानी गर्ने बैंकहरूमा पनि सनराइज र एनआइसी एसिया बैंक लिमिटेडले विवाद सिर्जना गरेपछि तिनको ठाउँमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) र एभरेष्ट बैंकलाई आह्वान गरेर ऋण लगानीको संरचना मिलाइएको थियो ।

आयोजनाका मुख्य–मुख्य विवरण

आयोजनास्थल : कास्की जिल्ला (मादी गाउँपालिका वडा नम्बर १ र २)

आयोजना : सुपर मादी जलविद्युत आयोजना

प्रवर्द्धक : सुपर मादी हाइड्रो पावर लिमिटेड

क्षमता : ४४ मेगावाट

वार्षिक ऊर्जा उत्पादन : २४,२६,५०,००० युनिट

परामर्शदाता : सानिमा हाइड्रो एन्ड इन्जिनियरिङ कम्पनी

ठेकदार : सिभिल, फेवा कन्स्ट्रक्सन प्रालि

हाइड्रो मेकानिकल निर्माण तथा जडान : माछापुच्छ्रे मेटल उद्योग

इलेक्ट्रो मेकानिकल निर्माण तथा जडान : एसिया प्यासिफिक पावर टेक प्रालि

मुख्य सुरुङ : ६ किलोमिटर

पिपिए : हिउँदका ४ महिना प्रतियुनिट ८.४० रुपैयाँ र बर्खाका ८ महिना प्रतियुनिट ४.८० रुपैयाँ

पिपिए मूल्यवृद्धि : वार्षिक ३ प्रतिशत, ८ पटक

सुरु लागत : ७ अर्ब ४७ करोड रुपैयाँ

सशोधित लागत : ८ अर्ब ७० करोड रुपैयाँ

प्रतिमेगावाट लागत : १९.७७ करोड रुपैयाँ

स्वपुँजी : २ अर्ब १० करोड रुपैयाँ

लगानीकर्ता वित्तीय संस्थाहरू : सानिमा बैंक, एनआइसी एसिया, एभरेष्ट बैंक, कुमारी बैंक, कृषि विकास बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्रभु बैंक र एचआइडिसिएल

सुरु व्यापारिक उत्पादन तालिका : २०७८ जेठ, संशोधित २०७८ चैत । पुनः संशोधित २०७९ चैत ।

प्रसारण लाइन : १३२ केभी, १९ किलोमिटर

जडान गर्ने स्थान : लेखनाथ सबस्टेसन

उत्पादन अनुमतिपत्र लिएकाे : २०७३ चैत १७ गते

सञ्चालन अवधि ः २१०८ चैत १६ गतेसम्म अर्थात् ३५ वर्ष

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit