विद्युत अपडेट

  • प्राधिकरण : ५५८१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५६०० मे.वा.घन्टा
  • निजी क्षेत्र : १६४३२ मे.वा.घन्टा
  • आयात : १०७११ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२३८ मे.वा.
२०८२ फाल्गुण ९, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत केन्द्र निर्माण गरी सञ्चालन गरिरहेको अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको निमित्त प्रमुख कार्यकारी अधिकृतमा पूर्णगोपाल रञ्जित नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको माघ १९ गते बसेको ३०५औँ बैठकको निर्णयानुसार माघ २० गतेदेखि लागू हुने गरी सो जिम्मेवारी दिइएको हो ।

यसअघि प्रमुख कार्यकारी अधिकृतिको जिम्मेवारीमा मोहनप्रसाद गौतम रहेका थिए । उनको अवकाशपछि कम्पनीको आर्थिक प्रशासन विनियमावली २०६५ र कर्मचारी प्रशासन विनियमावली २०६७ अनुसार रञ्जितको नियुक्ति भएको जानकारी दिइएको छ ।

२०५८ सालमा नेपाल विद्युत प्राधिकरणको ५औँ तह (सुपरभाइजर) बाट सेवा प्रवेश गरेका रञ्जितले करिब ८ वर्ष (२०५८ देखि २०६५ सालसम्म) काभ्रे वितरण केन्द्रमा रहेर कार्य गरे । त्यसपछि सहायक इन्जिनियरबाट माथिल्लो तामाकोसीमा काम गर्दै उनी हाल १०औँ तह अर्थात् प्रबन्धकको जिम्मेवारीमा पुगेका छन् ।

सहायक इन्जिनियरको रूपमा सेवा सुरु गरेका उनले प्राधिकरणको ६, ७, ८ र ९ र १०औँ तहसम्म खुल्ला तथा आन्तरिक प्रतिस्पर्धाबाट बढुवा हुँदै आएका हुन् । उनीसँग प्राविधिक र प्रशासनिक दुवै क्षेत्रको बलियो शैक्षिक पृष्ठभूमि र लामो अनुभव रहेको छ ।

सन् २०४८ मा पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट ओभरसियर उत्तीर्ण गरेका उनले नेपाल कमर्स क्याम्पस मिनभवनबाट वाणिज्य शास्त्रमा स्नातक (विकम) गरेका छन् । यस्तै, सन् २००४ मा काठमाडौँ विश्वविद्यालयबाट स्नातक (विई) र २००८ मा इलेक्ट्रिकल पावर इन्जिनियरिङमा स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् ।

उनको यो शैक्षिक योग्यताले आयोजनाको जटिल प्राविधिक पक्ष र वित्तीय व्यवस्थापन दुवैलाई सन्तुलित ढङ्गले व्यवस्थापन गर्दै अगाडि बढाउन मद्दत पुग्ने देखिन्छ । एउटै आयोजनामा १७ वर्ष बिताएका रञ्जित आयोजनाको निर्माणदेखि सञ्चालनसम्मका हरेक मोडका साक्षी छन् । तल्लो तहदेखि माथिल्लो तहसम्मको उनको यो यात्राले कर्मचारी व्यवस्थापन र आयोजनाको दिगो सञ्चालनमा विशेष अर्थ राख्न सक्छ ।

रञ्जितको कार्यकालमा आयोजनाको रोयल्टी व्यवस्थापन, ऋण भुक्तानी र दोस्रो चरणमा निर्माण भइरहेको २२ मेगावाटको रोल्वालिङ खोलाको निर्माणले गति लिने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३