images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । वर्ष २०८० मा नेपालको विद्युत् उत्पादन क्षमता ४६० मेगावाटले वृद्धि भएको छ । योसँगै नेपालको विद्युत् उत्पादनको कुल जडित क्षमता झण्डै ३०५४ हजार मेगावाट पुगेको छ ।

आर्थिक वर्ष  २०८०/८१ मा भने कुल ९०० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थपिने अनुमान गरिएको छ । यो आर्थिक वर्ष सकिन अझै ३ महिना बाँकी रहेकोले लक्ष्य प्राप्त हुने सक्ने अपेक्षा गरिएको छ । 

२०८० सालमा भने कम्तिमा ९७० किलोवाटको घट्टेखोलादेखि बढीमा ७७ मेगावाटको लिखु–१ सहित गरी कुल २२ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएका छन् ।  

कुन महिना कुनकुन आयोजनाका कति बिजुली थप भए ? 

वैशाख : महिनाको हिसाबले हेर्ने हो भने वर्षको सुरु वैशाखमा सौर्य विद्युत पावर कम्पनीले विकास गरेको २ मेगावाट सोलार आयोजना राष्ट्रिय प्रणाली जोडियो । यही महिना प्योर इनर्जी प्रालिले विकास गरेको १० मेगावाटको सौर्य विद्युत् प्रणालीमा जोडिएको छ । यसरी वैशाखमा १२ मेगावाट सौर्य विद्युत् प्रणालीमा थप भएको थियो । 

जेठ : यो महिना पिपुल्स हाइड्रो पावर कम्पनीद्धारा निर्मित ५४ मेगावाटको सुपर दोर्दी ‘ख’ आयोजनाको बिजुली प्रणालीमा थप भयो ।

असार : यो महिना बेनी हाइड्रो पावर प्रोजेक्ट प्रालिले विकास गरेको १९.८ मेगावाट क्षमताको माथिल्लो सोलु आयोजना र  मायाखोला हाइड्रो हाइड्रोपावर  कम्पनी प्रालिले विकास गरेको १४.९ मेगावाटको माया खोला जलविद्युत् आयोजना प्रणलाीमा जोडियो । 

साउन : यो महिना ४ वटा आयोजनाको बिजुली राष्ट्रिय प्रणालीमा जोडियो । गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनी प्रालिले निर्माण गरेको ९७० किलोवाट क्षमताको घट्टे खोला जलविद्युत् आयोजना, ग्लोबल हाइड्रोपावर एसोशिएट प्रालिले विकास गरेको ५२.४ मेगावाट क्षमता रहेको लिखु–२ जलविद्युत् आयोजना प्राधिकरणको राष्ट्रिय प्रणालीमा जोडिएका छन् । त्यस्तै यसै महिना रिभर फल्स हाइड्रोपावर डेभलपमेन्ट प्रालिले विकास गरेको १०.३ मेगावाटको डाउन पिलुवा जलविद्युत् आयोजना र अपी पावर कम्पनी लिमिटेडले विकास गरेको ४० मेगावाटको माथिल्लो चमेलिया आयोजना प्रणालीमा जोडियो । 

भदौ : यस महिना बुङ्गल हाइड्रो प्रालिले विकास गरेको १०.७ मेगावाटको माथिल्लो सनिगाढ जलविद्युत् आयोजना र  म्याग्दी हाइड्रोपावर प्रालिको १४ मेगावाटको घरखोला जलविद्युत् आयोजना प्रणालीमा जोडियो । 

असोज : साञ्जेन हाइड्रोपावर कम्पनी लिमिटेडको १४.८ मेगावाट क्षमताको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा थप भयो । 

कात्तिक महिनामा कुनै पनि आयोजनाको बिजुली प्रणालीमा थप भएन । 

मंसिर : गेलुन हाइड्रोपावर कम्पनीको ३.२ मेगावाट क्षमताको गेलुन खोला, मकर जितुमाया जलविद्युत् कम्पनीको ७ मेगावाट क्षमताको अप्पर सुरी प्रणालीमा थप भए । 

पुस : यो महिना पियोर इनर्जी प्रालिले बाँकेमा निर्माण गरेको १० मोगावाट को सौर्य विद्युत् आयोजनाको बिजुली प्रणालीमा थप भएको थियो । 

माघ : रिजलाइन इनर्जी प्रालिको ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् आयोजना, झापा इनर्जी लिमिटेड को १० मेगावाटको सौर्य विद्युत् परियोजना र माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडको १४.३ मेगावाट क्षमताको माथिल्लो मैलुङ जलविद्युत् आयोजनाको बिजुली यो महिना राष्ट्रय प्रसारणमा जोडियो । 

फागुन : याम्बलिङ हाइड्रो पावर प्रालिले विकास गरेको ७.२ मेगावाटको याम्बलिङ खोला जलविद्युत् आयोजनाको बिजुली प्रणालीमा जोडियो । 

चैत : पान हिमालय इनर्जी प्रालिले निर्माण गरेको ७७ मेगावाट क्षमताको लिुख–१ जलविद्युत् आयोजना, भुजुङ हाइड्रोपावर प्रालिको ७.५ मेगावाटको र निलगिरि हाइड्रोपावर कम्पनी प्रर्वद्धक रहेको ७१ मेगावाटको निलगिरि खोला–२ क्यास्केड जलविद्युत् आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको छ । 
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit