images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिंहदरबारभित्र एकै पटक ५ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । ऊर्जा मन्त्रालय, अर्थ मन्त्रालय र परराष्ट्र मन्त्रालयको पार्किङ क्षेत्रमा ३० किलोवाट क्षमताको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो ।

सरकारले विद्युतीय गाडीको प्रयोग बढाउन सिंहदरबारभित्रै डिसी फास्ट चार्जर सञ्चालनमा ल्याइएको छ । यस चार्जरबाट सिंहदरबार भित्रका सरकारी गाडी र बाहिरबाट काम विशेषले गएका आम नागरिकको गाडीले समेत चार्जिङ सुविधा पाएका छन् । अहिले उर्जा मन्त्रालयमा २ वटा, अर्थ मन्त्रालयमा २ वटा र परराष्ट्र मन्त्रालयमा एक गरी कुल ५ वटा चार्जिङ स्टेसन सञ्चालनमा आएका छन् ।

विद्युतीय सवारी प्रवर्द्धन गर्ने उद्देश्यले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस १० गते सिंहदरबारभित्र ५ वटा चार्जिङ स्टेसन निर्माण गर्न ठेक्का आह्वान गरेको थियो । फाष्ट चार्जर राख्न इस्टर्न इलेक्ट्रिकल इन्टरप्राइजेज, इलेक्ट्रिभा नेपालले ठेक्का पाएको थियो ।

कम्पनीले एउटा फाष्ट चार्जर राख्न सिभिल वर्क, चार्जर मेसिन, इलेक्ट्रिकल ट्रेनिङ सबै गरेर १७ लाख रुपैयाँ खर्च भएको छ । यसमा आवश्यक पर्ने ट्रान्सफर्मर उर्जा मन्त्रालयले व्यवस्था मिलाएको थियो ।

सरकारले सन् २०३० सम्ममा विद्युतीय गाडीको प्रयोग व्यापक बनाउन भन्दै चार्जिङ पूर्वाधार निर्माणमा काम गरिरहेको छ । पछिल्लो समय विद्युत सवारी साधनको प्रयोग बढ्दै गएको छ । साथै, नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रले विभिन्न स्थानमा चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् ।

विद्युतीय सवारी व्यापारीहरूले पनि आफ्नो गाडीका लागि आवश्यक चार्जिङ स्टेसन निर्माण गरिरहेका छन् । प्राधिकरणले ५१ वटा चार्जिङ स्टेसन निर्माण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit