विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । फ्रेस वाटर इनर्जी लिमिटेडले म्याग्दीमा १२.७३ मेगावाटको माथिल्लो मुडीखोला आंशिक जलाशय (पिआरओआर) जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । जिल्लाको धौलागिरि गाउँपालिकाको धौला खोला जलविद्युत् आयोजनाले छोडेको पानी र घुर्मा खोलाको पानीलाई सदुपयोग गर्ने गरी कम्पनीले उक्त आयोजना निर्माण गर्ने भएको हो ।

कम्पनीका अनुसार आयोजना अन्तर्गत उक्त दुवै खोलाको पानी फर्काउन २.६५ मिटर अग्लो १८ मिटर लामो बाँध निर्माण गरिने छ । बाँधबाट फर्काइने पानीलाई ३ हजार १४६ मिटर लामो ३ मिटर ब्यास भएको मुख्य सुरुङमार्फत विद्युत्‌गृहमा लगिने छ । आयोजनाको विद्युत्गृहमा रहने २ वटा युनिटमार्फत विद्युत् उत्पादन गरिने छ ।

आयोजनामाबाट वार्षिक औसत ७६.६१ गिगावाट घण्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । उत्पादन हुने विद्युत्‌लाई १७ किलोमिटर लामो डाँडाखेत सबस्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिने छ । 

२९८६ असोजभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको आयोजनाको २०८० साल वैशाखमै प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन (आइइई) ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३