images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । तनहुँ र गोरखा जिल्लाको भानु तथा पालुङटार नगरपालिकामा अवस्थित ९० मेगावाटको मस्र्याङदी नदी अर्धजलाशययुक्त जलविद्युत् आयोजनाको विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) सम्पन्न भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र आयोजनाको प्रवर्द्धक कम्पनी एमए पावर प्रालिका अध्यक्ष अनुप आचार्यले कात्तिक १ गते उक्त पिपिएमा हस्ताक्षर गरेका हुन् । 

प्राधिकरणले आयोजनाको विद्युत् प्रतियुनिट हिउँदमा ८.४० रुपैयाँ र बर्खामा ४.८० रुपैयाँमा खरीद गर्ने र सोही मूल्यामा आयोजनाले प्राधिकरणकालाई उक्त बिजुली बक्रिी गर्ने गरी सम्झौता भएको छ ।

आयोजनाले हिउँदमा १८४.६७ गिगावाट र ३७७.९३ गिगावाट उत्पादन गर्ने छ । आयोजनाको व्यापारिक उत्पादन मिति (आरसीओडी डेट) २०८६ साल बैशाख २२ गते रहेको छ । सोही समयसम्म आयोजनाबाट विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको कम्पनीका अध्यक्ष अनुप आचार्यले जानकारी दिए । 

आयोजनाको इआइए अध्यन भई अन्तिम चरणमा रहेका छ । आयोजनाको वित्तीय व्यवस्थापानका लागि नेपाली बैंक तथा वैदेशिक लगानीको लागी लगानीकर्ताहरूसँग आवश्यक प्रक्रिया अघि बढाई सकिएको प्रवर्द्धक कम्पनीले जनाएको छ । 

हाल उक्त समूहले निर्माण गरिरहेको सेती खोला जलविद्युत् आयोजनाको निर्माण आउँदो वैशाखभित्र सम्पन्न गर्ने र त्यसपछि मर्स्याङ्दी नदी आंशिक जलाशयको निर्माण अघि बढाउने कम्पनीका अध्यक्ष आचार्यले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit