विद्युत अपडेट

  • प्राधिकरण : ९२६२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १०३९६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२०२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १५८०८ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५१६७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २४९८ मे.वा.
२०८२ मङ्सिर १९, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपालको कृषि क्षेत्रमा नवीकरणीय (सौर्य) ऊर्जाको प्रयोग मार्फत लिफ्ट सिँचाइ सुविधा विस्तारलाई तीव्र पार्न प्योर (प्रडक्टिभ युज अफ रिन्युएबल इनर्जी) प्लाटफर्मको प्रयोग बढाउनु पर्नेमा एक राष्ट्रिय कार्यशाला गोष्ठीका सरोकारवाहरूले जोड दिएका छन् । विन्ड पावर नेपाल प्रालिले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा आयोजना गरेको गोष्ठीका सहभागीहरूले यस्तो बताएका हुन् ।

सौर्य लिफ्ट सिँचाइमा सघाउनकै लागि उक्त प्लाटफर्म तयारी पारिएको भन्दै उनीहरूले यसमा सबैको अपनत्व वृद्धि गरी  प्रयोग बढाउनु पर्नेमा जोड दिए । ‘प्योर प्लाटफर्मको प्रयोगमार्फत लिफ्ट सिँचाइलाई मूल प्रवाहीकरण गर्न रणनीतिक सहभागितामूलक कार्ययोजना (एसइपिए)’ विषयक उक्त गोष्ठीमा सहभागीहरूले लिफ्ट सिँचाइको विकास र विस्तारका बाधा पार्ने पक्षहरू उजागर गरेका थिए ।

लिफ्ट सिँचाइका लागि योजना बनाउन हतार गर्ने तर कार्यान्वयनमा ढिलाइ गर्ने, सिँचाइका लागि छुट्टै विद्युत् मिटर पाउन समस्या रहेको, पानी तान्ने पम्प तथा विद्युत् मोटर मर्मतका लागि प्राविधिक जनशक्तिको उपलब्धता कम रहेको लगायतका कारणले नेपालमा लिफ्ट सिँचाइको विस्तार हुन नसकेको बताएका छन् ।   

वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र (एइपिसी) र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) को सहकार्यमा तयार पारिएको उक्त प्योर प्लाटफर्मलाई सबै सरकारी निकायले एउटा एकीकृत प्लाटफर्मको रूपमा विकास गर्न आवश्यक रहेको सहभागीहरूले बताएका थिए ।

एइपिसीका कार्यकारी निर्देशक नवराज ढकाल, विन्ड पावर नेपालका प्रमुख कार्यकारी अधिकृत कुशल गुरुङ, इसिमोडका प्रतिनिधिलगायत सरोकारवाला निकाय तथा क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

याे पनि पढ्नुहाेस् ः सिँचाइमा नवीकरणीय ऊर्जाको प्रयोगलाई सघाउन ‘प्योर प्लाटर्फम' सञ्चालनमा

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३