images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जामा लगानी गर्दै आएको अडानी समूहले भारतमा एक दशकभित्र नवीकरण ऊर्जा उत्पादनमा ७० अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । अडानी मातहतको ‘लजिष्टिक टु इनर्जी’ समूहले विश्वको सबैभन्दा ठूलो नवीकरणीय ऊर्जा उत्पादक कम्पनी बन्नका लागि यति ठूलो लगानी गर्ने योजना बनाएको हो ।

नवीकरणीय ऊर्जाको उपयोग गरी विश्वमै सस्तो हरित हाइड्रोजन उत्पादन गर्न ठूलो लगानी गर्न लागेको भारतीय अर्बपति गौतम अडानीले बताए । उनले विश्वको सबैभन्दा ठूलो सौर्य ऊर्जा उत्पादक अडानी ग्रिन इनर्जी लिमिटेडले सन् २०३० भित्र ४५ हजार मेगावाट नवीकरणय ऊर्जा उत्पादन गर्ने गरी काम गरिरहेको बताए ।

‘सन् २०३० भित्र विश्वकै ठूलो नवीकरणीय ऊर्जा उत्पादक कम्पनी बन्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘यो लक्ष्य पूरा गर्न आउने दशकभित्र ७० अर्ब अमेरिकी डलर नवीकरणीय ऊर्जाको क्षेत्रमा लगानी गर्न हामी प्रतिबद्ध छौं ।’ उनले आफुहरू बाहेक अहिलेसम्म अरु कुनै कम्पनी नवीकरणीय ऊर्जाको पूर्वाधार निर्माणमा अगाडि सरेर नआएको बताए ।

अबको २ वर्षभित्र (सन् २०२२–२३) वार्षिक २ हजार मेगावाट सौर्य विद्युत उत्पादन गर्ने गरी २० अर्ब अमेरिकी डलर लगानी अडानी समूहले गर्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको सबैभन्दा ठूलो विद्युत प्रसारण तथा वितरण कम्पनीकोरूपमा चिनिएको ‘अडानी ट्रान्समिसन लिमिटेड’ ले  नवीकरणीय ऊर्जा खरिदको अहिले रहेको ३ प्रतिशत हिस्सा २०२३ सम्ममा बढाएर ३० प्रतिशत तथा २०३० सम्ममा ७० प्रतिशतसम्म पुर्याउने लक्ष्य छ ।

आफ्नो समूहले नवीकरणीय ऊर्जाको उपयोगलाई पेट्रोलियम इन्धनको विकल्वकारूपमा किफायती र सर्वसुलभ बनाउन काम गरिरहेको अडानीले बताए । अडानी समूह यसअघि नै सौर्य विद्युत उत्पादनमा लगानी गर्ने विश्वकै ठूलो बनिसकेको छ ।

भारतको नवीकरणीय ऊर्जा उत्पादनको अवस्था तथा लगानी गर्ने क्षमताले नै अडानी समूहलाई विश्वमै अग्र पंतिमा ल्याएको पनि उनले बताए । उनले यो क्षेत्रमा लगानी बढाउँदै लगेर नवीकरणीय ऊर्जा उत्पादन र हरित हाइड्रोजन उत्पादनलाई सस्तो बनाउँदै लैजाने बताए । 

उनले उद्योगहरूका लागि आवश्यक पर्ने हरित हाइड्रोजन सस्तो दरमा उत्पादन गर्ने योजना रहेको बताए । भारत सरकारले सन् २०७० सम्ममा कार्बन उत्सर्जनलाई शून्य (नेट जिरो) मा झार्ने घोषणा गरिसकेकाले अडानी समूहले पनि नवीकरणीय ऊर्जा तथा हरित हाइड्रोजन उत्पादन गर्ने महत्त्वकांक्षी लक्ष्य निर्धारण गरेको हो । प्रधानमन्त्री नरेन्द्र मोदीले जलवायु सम्मेलनमा सम्बोधनका क्रममा सन् २०७० भित्र ‘नेट जिरो’ कार्बन उत्सर्जनमा जाने घोषणा गरेका थिए ।

अहिले भारतमा खपत हुन कूल ऊर्जाको ७० प्रतिशत कोइलामा आधारित धर्मल प्लान्टबाट उत्पादन हुने गरेको छ । भारतभर १३५ वटा कोइलामा आधारित थर्मल प्लान्ट सञ्चालमा छन् । यो वर्ष कोइला अभावमा भारतमा समेत ऊर्जा संकटको अवस्था आएपछि नवीकरणीय ऊर्जा उत्पादन गर्ने दवाव बढेको छ ।

भारतीय समाचार एजेन्सीहरूकाे सहयाेगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit