विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापाकाे दमक उपमहानगरपालिकाले फोहोरबाट बायोग्यास उत्पादन गर्ने भएको छ । वैकल्पिक ऊर्जा  प्रवर्द्धन  केन्द्र, उपमहानगर र फोहोर व्यवस्थानको जिम्मा पाएको नेक्स्ट इरा इनर्जी कम्पनीको संयुक्त लगानीमा निर्माणाधीन प्लान्टबाट बायाेग्यास उत्पादन गर्न लागिएको हो ।

प्लान्टको निर्माण अन्तिम चरणमा पुगेकोले आगामी बैशाखदेखि बायोग्यास उत्पादन सुरु गर्न लागिएकाे उममहानगरपालिकाका सरसफाई प्रमुख दोर्ण बहादुर थापाले बताए । उनका अनुसार प्लान्टबाट प्राङ्गरीक मल पनि उत्पादन हुनेछ ।

उनले प्लान्टबाट दैनिक १ हजार ८४ किलाेग्राम बायोग्यास र दैनिक १० हजार किलो प्राङ्गरिक मल तथा करिब ७ हजार ५ सय लिटर झोल मल उत्पादन गर्न सकिने जानकारी दिए । ‘प्लान्टको संरचना निर्माणको काम सकिएको छ’, उनले ऊर्जा खबरसँग भने, ‘चैत्रदेखि उपकरण जडानको काम सुरु हुनेछ । उपकरण जडानको काम सुरु गरी बैशाखभित्र ग्यास र मल उत्पालन सुरु हुनेछ ।’

फोहरबाट घरका भान्सामा प्रगोग हुने ग्याँसदेखि खेतबारी र गमलामा प्रयोग हुने प्राङ्गरिक मलसमेत उत्पादन हुने उनले बताए ।  कुहिने फोहर प्रशोधन गरेर ऊर्जा उत्पादन गर्न संरचना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । 

नगरको फोहर लगेर अजैविक अर्थात् प्लाष्टिकयुक्त र जैविक तथा कुहिने वर्गको फोहर छुट्याइन्छ । यसरी छुट्याइएको फोहरमध्ये जैविक फोहरलाई ठूलो ट्याङ्कीमा हालेर १५ दिनसम्म कुहिन्छ । यसरी कुहिएको फोहरबाट  बायोग्याँस उत्पादन हुने र उत्पादन भएको ग्याँसलाई प्रशोधन गरी ग्याँस पाइप अर्थात् सिलिण्डरमार्फत वितरण गरिने छ ।

बाँकी कुुहिएको फोहरबाट प्राङ्गरिक मल उत्पादन गरिन्छ  । यहाँ जमेको तरल पदार्थबाट झोल प्राङ्गरिक मल उत्पादन गरिनेछ । संरचना निर्माण गर्न २० करोड ५८ लाख ९७ हजार रुपैयाँ लागत अनुमान गरिएको छ । 

प्लान्टमा १४ करोड ७० लाख बढी नेक्स्ट इरा इनर्जी प्रालिको र ५ करोड ८ लाख रुपैयाँ बढी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको रहेको लगानी छ । पालिकाले संरचना निर्माणका लागि जग्गा उपलब्ध गराएको हो ।

दमक क्षेत्रमा दैनिकजसो २० टन फोहर उत्पादन हुने गरेको छ भने १५ टन फोहर सङ्कलन हुँदै आएको छ । जसमध्ये दमक क्षेत्रमा ६६.५२ प्रतिशत जैविक फोहर रहने गरेको छ । कागज तथा कागजजन्य ६.५५ प्रतिशत, प्लाष्टिक तथा प्लाष्टिकजन्य ५.३७ प्रतिशत फोहर निस्किने गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit