विद्युत अपडेट

  • प्राधिकरण : ८७२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८३१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : २६२२२ मे.वा.घन्टा
  • आयात : १९५६ मे.वा.घन्टा
  • निर्यात : ६९५० मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ४५२२३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २११४ मे.वा.
२०८३ ब‌ैशाख ३१, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दिव्यज्योति हाइड्रोपावर लिमिटेडद्वारा निर्माणाधीन ५० मेगावाटको  मर्स्याङ्दी बेसी जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन सम्पन्न भएको छ । आयोजनामा  सिटिजन्स बैंकको नेतृत्वमा ४ वटा बैंकले ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको हो । आयोजनामा सिटिजन्ससहित प्रभु बैंक, नेपाल एसबिआई बैंक र एनआइसी एसिया बैंकले मिलेर उक्त परिमाणको ऋण लगानी गर्ने भएका हुन् ।

एक समारोहका बीच बुधबार प्रवर्द्धक दिव्यज्योति हाइड्रो पावर लिमिटेड र बैंकहरूबीच ऋण सम्झौतामा हस्ताक्षर भएको हो । लमजुङस्थित मर्स्याङ्दी गाउँपालिका र बेसीसहर नगरपालिकामा निर्माण हुने आयोजनाको कुल लागत करिब ११ अर्ब ३० करोड रुपैयाँ अनुमान गरिएको छ ।

आयोजनामा ऋण ६७ प्रतिशत ऋण र ३३ प्रतिशत स्वपुँजी रहने गरी वित्तीय व्यवस्थापन गरिएको हो । आयोजनामा प्रवर्द्धकले ३ अर्ब ८० करोड रुपैयाँ स्वपुँजीबाट जुटाउने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

बेसीसहर नगरपालिका तथा मर्स्याङ्दी गाउँपालिका भई बहने मर्स्याङ्दी नदीमा आयोजना निर्माण भइरहेको छ । आयोजनाबाट वार्षिक ३१२.६०२ गिगावाट घन्टा विद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ । यस अनुसार हिउँदमा११२.०९९ गिगावाट घन्टा र वर्षायाममा २००.५०३ गिगावाट घन्टा ऊर्जा उत्पादन गर्ने लक्ष्य छ ।

आयोजनाबाट उत्पादन हुने बिजुली आयोजनाको विद्युत्‌गृहबाट करिब ८ किलोमिटर टाढा रहेको नेपाल विद्युत प्राधिकरणको उदिपुर सबस्टेसनमा जाेडेर राष्ट्रिय ग्रिडमा प्रवाह गरिनेछ ।

२०७५ भदौ १० गते विद्युत् खरिद बिक्री सम्झौता भएको आयोजनाले उत्पादन अनुमति पत्र भने २०७४ असोज १ गते प्राप्त गरेको थियो । आयोजना ३० महिनाभित्र निर्माण सम्पन्न गरी राष्ट्रिय प्रसारण लाइनमा जोड्ने लक्ष्य राखिएको छ ।

ऋण लगानी सम्झौता समारोहमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इपान) का अध्यक्ष गणेश कार्कीले बैंकहरूको सहयोगले नै हालसम्म ४३०० मेगावाट विद्युत् उत्पादन सम्भव भएको धारणा राखे ।

कार्यक्रममा दिव्यज्योति हाइड्रो पावरको प्रवर्द्धक मातृ कम्पनी अपि पावर कम्पनीका संस्थापक गुरुप्रसाद न्यौपानेले विगतलाई स्मरण गर्दै पिलुवा खोला जलविद्युत् आयोजनामा २२ करोड रुपैयाँ ऋण जुटाउन ७ वटा बैंक तथा वित्तीय संस्थालाई गुहार्नु परेको भन्दै ७५० करोड ऋण आयोजनामा सहजै जुटाउन सक्नु निकै ठूलो प्रगति तथा प्राप्ति भएको बताए ।

दिव्यज्योति हाइड्रोपावरका निर्देशक सञ्जीव न्यौपानेले ठूला जलविद्युत् आयोजना निर्माण गरी आफूहरूले मुलुकलाई नै समृद्ध बनाउन चाहेको बताए । साथै आयोजना अघि बढाउन सहयोग गर्ने सबै पक्षलाई उनले धन्यवाद दिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३