विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । एमभी दुगड ग्रुपले अगाडि बढाएको १६० मेगावाटको लाम्ची खोलाको पहुँचमार्गका रूपमा उसले एक किलोमिटर सुरुङमार्गको अन्तिम चरणमा पुगेको छ । अबको एक साताभित्र लक्षित काम पूरा गर्ने योजना रहेको छ ।

१०७४ मिटर लम्बाइको सुरुङमार्ग मध्ये १०४५ मिटरको काम पूरा भएको जनाइएको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रको दायाँतर्फको कठिन भीरमा बाहिरी सतहबाट सडक खन्न नसकिएपछि सुरुङमार्ग खन्न सुरु गरिएको थियो ।

लामाबगरबाट १० किलोमिटर उत्तरमा दुगड ग्रुपले आयोजना निर्माणको गतिविधि अगाडि बढाएको छ । सुरुङमार्गको काम एमभी दुगडको सुमो कन्ट्रक्सनमार्फत नै भइरहेको जनाइएको छ । ‘सुरुङको काम अन्तिम चरणमा पुगेको छ’ साइटमा काम गरिरहेका एमभी दुगड ग्रुप अन्र्तगतका सुमो कन्ट्रक्सनका अधिकृत हेमराज तमाङले भने, ‘करिब १० दिनभित्र ब्रेक थ्रु गर्ने गरी काम भइरहेको छ ।’

सुरुङमार्गसँगै सडक पनि निर्माण जारी रहेको छ । सडक निर्माणका लागि यही आयोजनाले स्काभेटर हवाई उडानमार्फत लुम्नाङ र थाम्चेम्बु पु¥याएको थियो । बाँधस्थलदेखि तल्लतिर अहिलेसम्म २० किलोमिटर प्रवेशमार्ग मध्ये ९ किलोमिटर सडक ट्रयाक खोलिसकेको छ भने कठिन भीरमा पनि काम जारी छ । 

मुखैमा सुरुङमार्ग परेकाले बोक्नपनि कठिन भीरको बाटो भएकाले कामले आयोजनाको कामले तिब्रता पाउन सकेको छैन । सुरुङमार्ग सकिएपछि सडक निर्माणका लागि उपकरण निर्माण सामग्री ढुवानीमा सहज हुने छ । त्यसपछि सडक निर्माणको कामले तिव्रता पाउने स्थानीयले विश्वास गरेका छन् ।

सुरुङमार्ग तयार भएपछि थप ३० किलोमिटर सडक तयार हुँदा चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय राजमार्ग तयार हुनेछ । तिब्बत सिमानामा २ सय जना सहितको ३० परिवारको बसोबास छ ।

लामाबगरदेखि सडक खुलेमा स्थानीयलाई पनि र नाका खोल्न सजिलो हुने लप्चीका स्थानीय कर्माहुसेर शेर्पाको भनाइ छ । लामाबगर नाका तिब्बतसँगको तातोपानी नाका  खुल्नुभन्दा अघिको चल्तीको व्यापारिक नाका हो । चीनसँगका १० वटा नाका खोल्ने सरकारको योजनामा लामाबगर पनि पर्छ ।

१० वर्षदेखि सडक विभागले लामाबगर चीन बोर्डर जोड्ने सडकका लागि बजेट विनियोजन गरे पनि ३ किलोमिटर ट्रयाकमात्र खोल्न सकेको छ । यो सुरुङमार्ग सरकारले बनाउने भनेर अध्ययन थाले पनि अध्ययनमै सीमित छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit