विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभरमा ४ लाख ३३ हजार बायोग्यास प्रविधि जडान भएको छ । घरयासी बायोग्यास ग्रामीण क्षेत्रमा खाना पकाउन उत्तम प्रविधि साबित भएकोले यसको लोकप्रियता बढ्दै गएको हो ।

महालेखापरीक्षले हिजो (असार २९ गते) सार्वजनिक गरेको ५९ औं वार्षिक प्रतिवेदनमा उक्त संख्याको बायोग्यास प्लान्ट जडान भएको छ । पन्ध्रौ योजना अन्तर्गतको २०७७/७८ मा घरयासी बायोग्यास प्लान्ट ५ लाख १ हजार जडान गर्ने लक्ष्य राखिएको थियो ।

तर, लक्ष्य भन्दा ६८ हजार कम बायोग्यास प्लान्ट जडान भएको  प्रतिवेदनमा उल्लेख छ । गोबरबाट निस्कने ग्यासले वातावरण प्रदुषण रोक्नुका साथै ग्रामीण महिलाको स्वास्थ्यमा सुधार भएकोले यो प्रविधिको विस्तार हुँदै गएको छ ।

यस्तै, सौर्य मिनी ग्रिड ६०० पुर्याउने लक्ष्य रहेकोमा २५ मात्र जडान भएको छ । सरकारले हालसम्म वैकल्पिक ऊर्जाबाट २०७७/७८ भित्र १४५ मेगावाट पुर्याउने लक्ष्य थियो । तर, ७५ मेगावाट मात्र विद्युत उत्पादन भएको छ । लघु तथा साना जलविद्युत, सौर्य/वायु मिनी ग्रिडमार्फत विद्युत उत्पादन गरी दुर्गमा गाउँमा विद्युतीकरण गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit