विद्युत अपडेट

  • प्राधिकरण : ६३५४ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७१५ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९८८१ मे.वा.घन्टा
  • आयात : १३६०६ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६५५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३५२११ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १६१६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । देशभर एक वर्षमा ३०६१ बायोग्यास प्लान्ट जडान भएको छ । सरकारले आइतबार (जेठ १४ गते) सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०७९/८० अनुसार चालु आर्थिक वर्ष (आव) को फागुनसम्ममा उक्त प्लान्ट जडान भएका हुन् ।

आव २०७८/७९ मा बायोग्याँसतर्फ ६३७४ प्लान्ट जडान भएकोमा चालु आवकाे फागुनसम्ममा ३०६१ प्लान्ट जडान भएको देखाइएकाे छ ।  ग्रामीण क्षेत्रमा खाना पकाउन उत्तम प्रविधि साबित भएकोले यसको लोकप्रियता बढ्दै गएको छ।

चालु आवकाे फागुनसम्मा ३५८५ वटा सौर्य घरेलु विद्युत प्रणालीमा जडान भएको छ । आव २०७८/७९ मा १२ हजार ७६ सौर्य घरेलु विद्युत प्रणाली र १३ हजार ३ सय ३ सुधारिएको चुलो जडान भएको थियो ।

आव २०७८/७९ सम्ममा वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र अन्तर्गत लघु तथा साना जलविद्युत आयोजनाबाट उत्पादित विद्युत १७४८ किलोवाट रहेको छ । चालु वर्षको फागुनसम्म ३८२.५ किलोवाट उत्पादन भएको छ । त्यस्तै, चालु आव २०७९/८० मा सौर्य तथा वायु ऊर्जाबाट ८७६ किलोवाट उत्पादन भएको छ ।

२०७९ फागुनसम्म ७.५ प्रतिशत जनसंख्यामा नवीकरणीय ऊर्जा स्रोतबाट विद्युतको पहुँच पुगेको छ । गत वर्ष फागुनसम्मा ६.९ प्रतिशतश रहेको थियो  । सर्वेक्षण अनुसार हालसम्म ९५ प्रतिशत घरधुरीमा विद्युतकाे पहुँच पुगेकाे छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit