विद्युत अपडेट

  • प्राधिकरण : ७३२२ मे.वा.घन्टा
  • सहायक कम्पनी : २८६४ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२४८७ मे.वा.घन्टा
  • आयात : १२८९५ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३०५१ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८६१९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९०६ मे.वा.
२०८१ ब‌ैशाख ४, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । विद्युत विकास विभागले लामो समयदेखि अध्ययन गरिरहेको ६८३ मेगावाटको सुनकोसी–३ जलाशय जलविद्युत आयोजना नेपाल विद्युत प्राधिकरण र बंगलादेशको पावर डेभलपमेन्ट बोर्डले संयुक्तरूपमा निर्माण गर्ने निर्णय भएको छ ।

आज (भदौ २९ गते) भर्चुअल माध्यममार्फत सम्पन्न दुवै देशका ऊर्जा सचिवहरूको तेस्रो बैठकले उक्त निर्णय गरेको हो । बैठकको नेतृत्व नेपालका तर्फबाट जलस्रोत तथा सिँचाइ सचिव देवेन्द्र कार्की र बंगलादेशको विद्युत, ऊर्जा तथा खनिज मन्त्रालयका सचिव सुल्तान अहमदले गरेका थिए ।

काभ्रे, सिन्धुपाल्चोक र रामेछापलाई छुने सुनकोसी–३ जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले तयार गरेको कोसी बेसिन गुरुयोजनाबाट पहिचान भएको थियो । आयोजनाको अध्ययन अन्तिम चरणमा रहेको हुँदा दुवै देशको टोलीले आयोजनास्थल भ्रमण गरी यसबारे विस्तृत जानकारी लिने बैठकले टुंगो लगाएको छ ।

आयोजनाको अध्ययन पूरा हुना साथ चौथो सचिवस्तरीय बैठकबाट अनुमोदन गरी निर्माण प्रक्रिया अगाडि बढाउने पनि बैठकले निर्णय गरेको छ । हिजो (भदौ २८ गते) बसेको सहसचिवस्तरको बैठकले सुनकोसीसँगै १५४७ मेगावाटको खिम्ती शिवालय निर्माण अगाडि बढाउने गरी सचिवस्तरीय बैठकमा प्रस्ताव गर्ने निर्णृय गरेको थियो ।

वार्षिक २ अर्ब ३५ करोड युनिट विद्युत उत्पादन हुने सुनकोसी–३ को अधिकतम उचाई १६५ मिटर हुने अध्ययनले देखाएको छ । विभागकाे वेबसाइटमा भने सुनकाेसी-३ काे क्षमता ५३६ मेगावाट उल्लेख छ ।

यो सँगै नेपाल र बंगलादेशबीच विद्युत व्यापार गर्न प्राधिकरण र बोर्डले मौजुदा प्रसारण लाइनलाई प्रयोग गरी छिटोभन्दा छिटो काम सुरु गर्ने निर्णय भएको छ । यस्तै, दीर्घकालीन रूपमा व्यापार गर्न आवश्यक प्रसारण लाइन निर्माण गर्न द्विपक्षीय बैठकबाट भारतलाई अनुरोध गर्ने निर्णय पनि भएको छ ।

बैठकले दुई देशले ऊर्जा विकासका क्षेत्रमा एक अर्कामा रहेकाे अनुभव आदानप्रदान गर्ने तथा तालिम आयाेजना गर्ने निर्णय गरेकाे पनि बैठकमा सहभागी एक अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit