images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निजी ऊर्जा उत्पादकले निर्माण गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो ८६ मेगावाटको सोलु दूधकोसी जलविद्युत आयोजनाको मंगलबार (फागुन २३ गते) प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उद्घाटन गरेका छन् । सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका र थुलुङ दूधकोसी गाउँपालिकामा निर्माण सम्पन्न आयोजनाले उत्पादन सुरु गरेको करिब एक महिनापछि उद्घाटन गरिएको हो ।

स्वदेशी लगानीमा सोलुखुम्बुमा निर्माण सम्पन्न माघ २८ गतेदेखि राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको आयोजनाको दाहालले उद्घाटन गरेका हुन् । जलविद्युत केन्द्रको उद्घाटन गर्दै दाहालले देशभित्र उत्पादित बिजुली क्रमशः भारतीय र बंगलादेशको बजारमा पुग्ने बताए ।

प्रधानमन्त्री दाहालले हालै मात्र नेपाल र भारतका ऊर्जा सचिवहरूको संयुक्त बैठकले नेपालको बिजुली निर्यातका लागि थप मार्ग प्रशस्त गरेको बताए । उनले आर्थिक विकास र व्यापार घाटा घटाउनका लागि उपयुक्त माध्यमका रूपमा रहेको ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार निजी क्षेत्रसँग मिलेर काम गर्ने र जस्तोसुकै समस्या समाधान गर्ने बताए ।

साहस ऊर्जाको प्रयासले आगामी दिनमा निजी क्षेत्रलाई थप आयोजना निर्माणका लागि उच्च मनोबल प्रदान गरेको तथा नयाँ आयाम खडा गरेको बताउँदै साहस ऊर्जासँग जोडिएका सबैलाई सरकारको तर्फबाट बधाई र धन्यवाद दिए ।

आयोजनाको विद्युत माघ २९ गते राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । प्राधिकरणलाई करिब दुई साता निशुल्क विद्युत दिएपछि गत फागुन १७ गतेदेखि व्यापारीक उत्पादन सुरु गरेको कम्पनीका अध्यक्ष हिम पाठकले बताए । आयोजनाको विद्युत विद्युत १३२ केभी सोलु कोरिडोर प्रसारण लाइनको तिन्ला सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ ।

यो आयोजना निजी क्षेत्रले निर्माण सम्पन्न गरेको सबैभन्दा ठूलो र देशको तेस्रो ठूलो आयोजना हो । आयोजनाबाट उत्पादन  भएको बिजुली जोडिने विद्युतगृहदेखि सबस्टेसनसम्मको आवश्यक  १२ किलोमिटर लामो प्रसारण लाइन कम्पनी आफैले निर्माण गरेको हो । आयोजनाबाट वार्षिक ५२० गिागावाट घन्टा (५२ करोड युनिट) विद्युत उत्पादन हुनेछ । कम्पनीका अनुसार हिउँदमा १००.२७ गिगावाट घन्टा (१० करोड २ लाख ७० हजार युनिट) र वर्षामा ४१९.९३ गिगावाट घन्टा (४१ करोड ९९ लाख ३० हजार युनिट) विद्युत उत्पादन हुनेछ ।

यो आयोजना करिब ११ अर्ब ८६ करोड रुपैयाँ लागतमा सम्पन भएको छ । आयोजनामा नेपाल इन्भेष्टमेन्ट बैंकसहित ९ बैंकले ८ अर्ब ६५ करोड रुपैयाँ लगानी गरेका छन् । बाँकी २ अर्ब ४५ करोड रुपैयाँ संस्थापक र १ अर्ब ५ करोड रुपैयाँ साधारण सेयरबाट जुटाइएको छ ।

सोलु खोला बेसिनमा सोलु–दूधकोसी बाहेक ८२ मेगावाटको तल्लो सोलु, १९.८ मेगावाटको माथिल्लो सोलु, ५ मेगावाटको जुनबेंसीलगायतका आयोजना निर्माणाधीन छन् । २३.५ मेगावाटको सोलु निर्माण पूरा भई सञ्चालनमा आइसकेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit