विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । स्याङ्जा जन्मथलो भई देश तथा विदेशमा रहेर क्रियाशील पत्रकारिता गर्ने पत्रकारहरूको भेलाले ‘स्याङ्जा पत्रकार समाज’ गठन गरेको छ । गएको शनिबार बालाजु बाइसधारामा भएको भेलाले अग्रज पत्रकार इन्द्र रिजालको अध्यक्षतामा २५ सदस्यीय तदर्थ तथा ७ सदस्यीय सल्लाहाकार समिति पनि चयन गरेको हो ।

स्याङ्जा, पोखरा, रुपन्देही लगायत ठाउँबाट उपस्थित करिब ६० जना पत्रकारहरूको भेलाले रिजाललाई सर्वसम्मतरूपमा अध्यक्ष तथा कार्यसमितिका पदाधिकारीको चयन गरेको छ । जन्मभूमिलाई माया गर्ने पत्रकारबीच भाइचारा तथा आपसी सम्बन्धलाई बलियो बनाउँदै आउँदो पुस्ताका लागि सिर्जनशील काम गर्ने उद्देश्यले समाज गठन गरिएको जनाइएको छ ।

‘स्याङ्जाली पत्रकारबीच एकता एवं भाइचाराको सम्बन्ध विस्तार गर्दै जिल्लाका विकास निर्माणका मुद्दालाई एकसाथ उठाउने समाजको उद्देश्य छ,’ रिजालले भने, ‘ऊर्जा तथा जलविद्युत् विकासको प्रचुर सम्भावना बोकेर पनि त्यसलाई मुलधारमा ल्याउन नसक्दा सम्भावित विकासका स्रोतहरू ओझेलमा परेका छन् ।’

समाजले पत्रकारहरूको बृति–विकास र विकास निर्माणका मुद्दालाई एक साथ अगाडि बढाउन जरुरी रहेको पनि उनले बताए । ‘समाजले पत्रकारहरूको जिल्ला, काठमाडौं र मोफसलबीचको सम्बन्ध जोड्नेछ, हाम्रो एकताले जिल्लामा विकास निर्माणको मुद्दा उठाउने अभियानलाई अझ क्रियाशील बनाउनेछ,’ उनले थपे, ‘आँधीखोला, कालीगण्डकी सँगै अन्य स–साना खोलाहरू छन् । तिनबाट विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य प्रचारमा ल्याएर हामीले समन्वय गर्न सक्छौं ।’

स्याङ्जा भएर बग्ने कालीगण्डकीमा नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको १४४ मेगावाटको ‘कालीगण्डकी ए’ र बुटवल पावर कम्पनी (बिपिसी) कम्पनीले निर्माण गरेको ९.४ मेगावाटको आँधीखोला सञ्चालनमा आइसकेका छन् । यस्तै, १८० मेगावाटको आँधीखोला जलाशय आयोजनाको अध्ययन भइरहेको छ ।

जलविद्युत्, ऊर्जासँगै ओझेलमा परेका सडक तथा अन्य पूर्वाधार विकासका मुद्दा उठाएर सरकारलाई झक्झक्याउने र त्यसको निर्माणको पैरवी गर्न जरुरी रहेको समाजका सल्लाहाकार ओमप्रकाश शर्माले बताए । आगामी दिनमा समाजले छुटेका अन्य जिल्लाबासी पत्रकारलाई समेट्दै विकासका मुद्दा उठाउन भुल्न नहुने अर्का सल्लाहाकार हरिप्रसाद लम्साल (बुटवल) ले बताए ।

रिजालको संयोजकत्वमा गठित समाजको उपाध्यक्षमा श्रीराम पौडेल, अनिता विन्दु, संगीता खड्का, प्रकाश डुम्रे छन् भने महासचिवमा अनिल गिरी, सचिवमा राजेश शर्मा र कोषाध्यक्षमा भूपराज बस्याल चयन भएका छन् । सदस्यहरूमा शालिक सुवेदी, भरत कोइराला, श्रीकृष्ण सिग्देल, बिमला भण्डारी, गोविन्द गिरी, लक्ष्मण वियोगी, श्रीकृष्ण सुवेदी, घनश्याम सिग्देल, अर्जुन खनाल, मोहम्मद अजमत अलि, टीकाराम प्रधान, अर्जुन काफ्ले, दीलिपाश्री अधिकारी, मोहन गुरुङ, प्रतीक्षा काफ्ले, सरिता खनाल, शिव डुम्रे र साधना न्यौपाने छन् ।

यसैगरी, सल्लाहाकार समितिमा हरिप्रसाद लम्साल (काठमाडौं), हरिप्रसाद लम्साल (बुटवल), ओमप्रकाश शर्मा, नारायण शर्मा, बालकृष्ण चापागाईं, अमरनाथ ढकाल र शिव लम्साल रहेका छन् । शनिबारको भेलाले समाजलाई गैरराजनीतिक रूपमा विकास गर्दै छुटेका पत्रकारलाई संगठित गर्दै जाने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit