विद्युत अपडेट

  • प्राधिकरण : १०१३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२७३१ मे.वा.घन्टा
  • निजी क्षेत्र : मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १४८९१ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३०६८ मे.वा.घन्टा
  • प्राधिकरण : ०० मे.वा.
  • सहायक कम्पनी : ०० मे.वा.
  • निजी क्षेत्र : ०० मे.वा.
  • आयात : ०० मे.वा.
  • निर्यात : ०० मे.वा.
  • ट्रिपिङ : ०० मे.वा.
  • उच्च माग : १६६५ मे.वा.
२०८० असोज १०, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर अफ ट्र्याक अन्तरक्रिया ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल

काठमाडौं । संखुवासभामा प्रस्तावित १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत आयोजनालाई लगानी जुटाउन अप्पर अरुण हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेड र हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार (भदौ ३० गते) भएको समझदारीपत्रमा एचआइडिसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम, नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ, नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी र अपर अरुण हाइड्रोइलेक्ट्रिसिटी कम्पनी प्रबन्ध सञ्चालक फरेन्द्र जोशीले हस्ताक्षर गरेका छन् ।

आयोजना बनाउन १ अर्ब ७५ करोड अमेरिकी डलर अर्थात २ खर्ब १४ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । जसमध्ये एचआइडिसीएलले ५३.३४ अर्ब रुपैयाँ जुटाउने प्रतिवद्धता जनाएको छ । यस्तै, ६४ अर्ब रुपैयाँ स्वपूजी, ९७ अर्ब रुपैयाँ विश्व बैंक र युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) ले लगानी गर्ने भएको छ । स्वपूँजीको ४९ प्रतिशत अर्थात ३२ अर्ब रुपैयाँ आम जनताको लगानी हुने प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताए ।

सन् २०२४ को अन्त्यतिर शुरू गरी सन् २०३० को अन्त्य सम्ममा सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हाल सम्भाव्यता अध्ययन कार्य सम्पन्न भई टेन्डर डिजाईन तथा निर्माण सुपरिवेक्षण कार्यको लागि परामर्शदाता छनौट गर्ने कार्य भईरहेको आयोजनाले जनाएको छ ।

आयोजनाको पूर्व तयारी कार्यमध्य २१ किलोमिटर लामो पहुँचमार्ग निर्माण कार्य लागि बोलपत्रदाता छनौट गर्न प्राप्त बोलपत्रहरुको मूल्यांकन कार्य भईरहेको छ भने आयोजनाको लागि आवश्यक करिब २२५ हेक्टर जग्गाको मुआब्जा निर्धारण भई वितरण गर्ने क्रममा रहेको छ ।

आयोजनाबाट करिब २२ घरधुरी भौतिक रुपमा विस्थापित हुनेछन भने वातावरणीय तथा सामाजिक प्रभावहरु तुलनात्मक रुपमा न्यून रहेको अध्ययनबाट देखिएको छ ।
संखुवासभा जिल्ला भोटखोला गाउँपालिकामा अवस्थित यस पिकिंग रन अफ रिभर आयोजनाको हाल सम्मको अध्ययन अनुसार अरुण नदीमा १८३ मिटर लामो र करिब १०० मिटर उचाईको बाँध निर्माण गरी ८.५ कि.मी. लामो सुरुङ्गमार्फत पानी ल्याई जलविद्युत गृहमा खसालिने छ ।

आयोजनाबाट वार्षिक करिब ४ अर्ब ५१ करोड युनिट विद्युत उत्पादन हुनेछ । जसमध्ये करिब ३०% सुक्खायाममा उत्पादन हुनेछ । उत्पादित विद्युतलाई पावर हाउसदेखि ४०० केभी डबल सर्किटको प्रसारण लाइनमार्फत करिब ६ किलोमिटर दुरीमा रहेको प्राधिकरणको सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2023 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit