विद्युत अपडेट

  • प्राधिकरण : ८८७३ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२०५८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४२१४४ मे.वा.घन्टा
  • आयात : २५३ मे.वा.घन्टा
  • निर्यात : १५६५२ मे.वा.घन्टा
  • ट्रिपिङ : ९८० मे.वा.घन्टा
  • ऊर्जा माग : ६४३०७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २८९२ मे.वा.
२०८१ असोज २०, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापाको कनकाई नगरपालिका वडा नम्बर १ सुकेडाँगीमा नि्र्माण भइरहेकाे बायोग्यास प्लान्ट आगामी मंसिरदेखि सञ्चालनमा आउने भएको छ । ९० प्रतिशत निर्माण पूरा भएको बायोग्यास प्लान्ट आगामी ३ महिनाभित्र सञ्चालनमा आउने भएको हो ।

प्लान्टमा उपकरण जडानको काम मात्र बाँकी रहेको कनकाई विर्ता अर्जुन नवीकरणीय ऊर्जा तथा फोहरमैला व्यवस्थापन कम्पनीका प्रबन्ध निर्देशक दीपक तिम्सिनाले बताए । भौतिक पूर्वाधारअन्तर्गत घेराबारा, फोहर भण्डारणस्थल निर्माण, फोहर सेपरेटर, डाइजेस्टरलगायतका सबै काम भइसकेको छ ।

ग्यास फिल्टर, सिलिण्डरमा ग्यास भर्नेलगायतका उपकरण एकापसमा जडानको काम बाँकी छ । ‘प्लान्टका लागि आवश्य अधिकांश उपकरण आइसकेका छन्’, उनले भने, ‘अब मेसिन एकअर्कामा जोड्ने काम मात्र बाँकी छ ।’

कनकाई, बिर्तामोड र अर्जुनधारा नगरपालिकाबाट उत्पादित फोहर व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट स्थापना गरिएको हो । कनकाई–१ स्थित सुकेडाँगीमा ५७ कठ्ठा जग्गा खरिद गरी स्थापना गरिएको प्लान्टबाट दैनिक ४० टन फोहर व्यवस्थापन हुनुका साथै जैविक मल, तापीय ऊर्जा उत्पादन हुनेछ ।

१४ करोड रुपैयाँको लागतमा कुहिने फोहर व्यवस्थापन गर्ने गरी काम थालिए पनि नकुहिने फोहरसमेत व्यवस्थापन गर्ने गरी २४ करोड रुपैयाँको लागतमा काम भइरहेको छ ।

प्लान्ट सञ्चालनमा आएपछि दैनिक १ हजार केजी बायोग्यास, ३० हजार लिटर झोल र ८ टन जैविक मल (ठोस मल) उत्पादन हुने आयोजनाले जनाएको छ ।

उत्पादित बायोग्यास एलपी ग्यासको विकल्पसँगै अटोरिक्सा, तापीय ऊर्जा चाहिने औधोगिक क्षेत्र, अस्पताललगायतका प्रतिष्ठानमा प्रयोग हुनेछ । यहाँबाट उत्पादन हुने बायोग्यास एलपी ग्यासभन्दा बढी प्रज्वलनशील हुनेछ ।

उत्पादन सुरु भएसँगै पाइपलाइनको माध्यमबाट ५ किलोमिटर वरपरका एक हजार घरधुरीलाई ग्यास वितरण गरिने जनाइएको छ । प्लान्ट सञ्चालनमा आएपछि २५ वर्षसम्म फोहर व्यवस्थापनको चुनौती समाधान हुनेछ ।

विश्व बैंकको ४० प्रतिशत आर्थिक साझेदारीमा सुरु भएको प्लान्टमा कम्पनीमार्फत हाल ७५० जनाले सेयर लगानी गरेका छन् । एक जना बराबर १० हजारदेखि १ करोड रुपैयाँसम्म लगानी गरेको कम्पनीले जनाएको छ ।

हाल बिर्तामोड नगरपालिकाले नगरको फोहर व्यवस्थापनका लागि २ करोड ५४ लाख रुपैयाँ दिने निर्णय गरेको छ । फोहर व्यवस्थापनलाई लागत साझेदारीमा नगरपालिकाले उक्त रकम दिने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३