विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ भदौ ३१, बुधबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । धनुषामा निर्माण हुने ३० मेगावाटको ढल्केबर–२ सौर्य विद्युत् आयोजनाका लागि ऋण लगानी जुटेको छ । इन्टिग्रेटेड इन्जिनियरिङ एन्ड इन्डस्ट्रियल इन्टरप्राइजेजले प्रवर्द्धन गर्न लागेको आयोजनाका लागि एभरेस्ट बैंक र नेपाल एसबीआई बैंकले उक्त ऋण लगानी गर्ने सम्झाैता भएको हो ।

आयोजनाको कुल लागत १ अर्ब ९५ करोड ५६ लाख रुपैयाँ रहने अनुमान गरिएको छ । यसमध्ये ७० प्रतिशत अर्थात् १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ बैंकहरूले ऋण लगानी गर्ने छन् । बाँकी ३० प्रतिशत अर्थात् ५८ करोड ७६ लाख रुपैयाँ स्वपुँजीबाट व्यवस्थापन गरिने प्रवर्द्धक कम्पनीले जनाएको छ ।

प्रवर्द्धक कम्पनीका अनुसार आयोजनाका लागि २०८२ पुसमा नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) गरिसकेको छ । त्यस्तै, २०८३ भदौमा विद्युत् विकास विभागमा विद्युत् उत्पादनको अनुमतिपत्रका लागि आवेदनसमेत पेस गरिसकेको छ । लगानी सम्झौता सम्पन्न भएसँगै आयोजनाको वित्तीय व्यवस्थापनतर्फको महत्त्वपूर्ण चरण पूरा भएको कम्पनीले जनाएको छ ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक करिब ५ करोड ९९ लाख युनिट विद्युत् उत्पादन हुने अनुमान गरिएको छ । आयोजनाबाट उत्पादित विद्युत् करिब १.७ किलोमिटर लामो प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणले सञ्चालन गर्दै आएको ढल्केबर सबस्टेसनमा जोडेर राष्ट्रिय प्रसारण प्रणालीमा प्रवाह गरिनेछ ।

आयोजनाको निर्माण सुरु भएको एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३