images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । लगानी बोर्ड नेपालले १८० मेगावाटका ४ वटा जलविद्युत आयोजना विकासका लागि ३६ अर्ब ३७ करोड रुपैयाँ लगानी स्वीकृत गरेको छ । बाेर्डका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा शुक्रबार (भदौ ८ गते) बसेको ५५औं बैंठकले यस्ताे निर्णय गरेको हो ।

लगानी स्वीकृत गरिएका आयाेजनाहरूमा २२ मेगावाटको रोल्वालिङ खोला, ६३ मेगावाटको छुजुङ्ग खोला, ४९.९५ मेगावाटको दाना खोला र ४४.५२ मेगावाटको सानीभेरी रहेका छन् ।

बैंठकले तमोर जलाशय आयोजनाकाे हालसम्मको विकासक्रमको समीक्षा गर्दै भावी कार्यदिशासम्बन्धी सुझाव पेस गर्न उच्चस्तरीय समिति गठन गर्ने निर्णय पनि गरेको छ । बोर्डले माथिल्लो कर्णाली आयोजनाको सम्बन्धमा सर्वोच्च अदालतबाट जारी भएको निर्देशनात्मक आदेश कार्यान्वयनका लागि मन्त्रिपरिषद् समक्ष प्रस्ताव पेस गर्ने निर्णय गरेको छ ।

‘ग्रीन क्याल्सियम नाइट्रेट फर्टिलाइजर फ्याक्ट्री’ स्थापना सम्बन्धमा अध्ययनका लागि मलेसियास्थित ‘रेनिकोला एसडीएन बीएचडी’सँग गरिने समझदारीको मस्यौदा पनि स्वीकृत गरेको बाेर्डले जानकारी दिएकाे छ ।

यसैगरी, बैंठकले दाङ जिल्लाको राजपुर गाउँपालिकामा पहिचान भएको २४५ मेगावाट र २० मेगावाट ब्याट्री क्षमताको सौर्य ऊर्जा आयाेजनाको अध्ययनका लागि ‘डोल्मा हिमालयन इनर्जी’लाई अध्ययन अनुमतिपत्र दिने निर्णय गरेको छ । बाँकेको कोहलपुर र कपिलवस्तुको वाणगंगामा २५० मेगावाटको सौर्य आयोजनाको अध्ययनकर्ता ‘राईजेन इनर्जी कम्पनी’ बाट पेस भएको विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदनलाई बोर्डले जानकारीका लागि लिएको छ ।

बैंठकमा प्रधानमन्त्री दाहालले आगामी दिनमा जलविद्युत् आयोजनाहरू सयममा सम्पन्न गर्न आवश्यक समन्वय प्रभावकारी बनाउन र लगानी स्वीकृत तथा आयोजना कार्यान्वयनमा रहेका प्रक्रियाहरूलाई छोट्याउँदै छिटोछरितो र परिणाममुखी कार्यसम्पादन गर्न निर्देशन दिए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit