विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । निम्बस इन्टरनेशनल कम्पनी प्रालिले ‘ओकाया’ ब्रान्डको जापानी इलेक्ट्रिक स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले सोमबार पुल्चोकस्थित शोरूममा एक कार्यक्रमको आयोजना गरी उक्त ब्राण्डका स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको हो । 

कार्यक्रममा प्रमुख अतिथि ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जन र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उक्त इलेक्ट्रिक स्कुटर शोरूमको शुभारम्भ गरेका हुन् । कार्यक्रममा दुवै अतिथिले स्कुटरको माइलेज, मजुबुती र मूल्य जस्ता विशेषताबारे जानकारी समेत लिएका छन् । 

कार्यक्रममा ओकाया इलेक्ट्रिक स्कुटरबारे जानकारी दिँदै निम्बस इन्टरनेशनलका प्रबन्ध निर्देशक प्रदीपकुमार अग्रवालले सबैभन्दा सुरक्षित इलेक्ट्रिक स्कुटर नेपाल भित्र्याएको बताए ।  

‘ओकायाको सुरुवातसँगै हामीले सबैभन्दा सुरक्षित ई-स्कुटर नेपालमा भित्र्याएका छौँ,’ उनले भने, ‘यसको विशिष्ट र भरपर्दोे सुरक्षा सुविधाहरूसँगै हामीले उपभोक्ताहरूको ठूलो समूहलाई यो स्कुटर प्रयोग गर्न अपील गरेका छौँ । हामी विश्वस्त छौं कि यो खालको किफायती मूल्यमा विद्युतीय गतिशीलतामा आफूलाई अनुकुलित गर्न चाहने मानिसहरूका लागि ओकाया स्कुटर उत्तम विकल्पको रूपमा देखा पर्नेछ ।’

ओकाया स्कुटरका सबै उपलब्ध मोडेलहरूको नेपालका लागि आधिकारिक बिक्रेता बनेको निम्बसले नेपालको दुईपाङ्ग्रे सवारी यात्रालाई सहज बनाउन प्रभावशाली रेन्ज र गतिको उक्त स्कुटर नेपाली बजारमा ल्याएको घोषणा गरेको छ । 

कम्पनीका अनुसार एकपटकको चार्जमा १४० देखि १६० किलोमिटरको असाधारण माइलेज दिने र भारसहित ७० किलोमिटर प्रतिघन्टाको उच्च गति प्रदान गर्ने ओकाया इ–स्कुटर भरपर्दो, लागतमैत्री र आनन्ददायी सवारीका लागि उपयुक्त छ । 

स्कुटरमा अत्याधुनिक प्रविधियुक्त (2000W-BLDC-Hub) मोटरले उच्च क्षमताको 72V30Ah*2 (4.4 kWh) लिथियम आयन एलएफपी ब्याट्री जडान गरिएको छ ।  

यस स्कुटरमा ३ वर्षको वारेन्टी रहेको र यसले ब्याट्री र मोटर सवारहरू दुवैलाई निश्चिन्तता प्रदान गर्दछ ।
ओकाया स्कुटर ६ वटा बेग्लाबेग्लै आकर्षक रङहरूमा उपलब्ध छन् । 

मेटालिक ब्ल्याक, मेटालिक स्यान, म्याट ग्रीन, मेटालिक ग्रे, मेटालिक सिल्भर र मेटालिक सेतो रङमा यो स्कुटर उपलब्ध छ । 

ओकाया इलेक्ट्रिक भेइकल्सद्वारा भारतमा निर्मित ओकाया स्कुटरले नेपालका लागि तीन वटा फरक मोडलहरू उपलब्ध गराएको छ । ती मोडलहरूमा फ्रिडम ई-स्कुटर, फास्ट (FAAST F2T) र फास्ट (FAST F4) रहेका छन् । 

यसको मूल्य २ लाख ४० हजार रूपैयाँदेखि ३ लाख ७५ हजार रूपैयाँसम्म रहेको छ । यो मूल्य निर्धारण संरचनाले इलेक्ट्रिक स्कुटर चाहने उपभोक्तालाइ सहज विकल्प उपलब्ध गराएको छ । 

ओकाया स्कुटरले नेपालको सहरी यातायातमा अझ दिगो र पर्यावरणमैत्री भविष्य निर्माण गर्ने अपेक्षा कम्पनीको छ । वातावरणमैत्री सवारी विकल्पहरूको बढ्दो मागसँग एकाकार हुने खालका अग्रगामी र नविन समाधानहरू प्रदान गर्न कम्पनी प्रतिबद्ध रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit