images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको पर्यटनिकय राज्य गोवाले शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादनको तयारी सुरु गरेको छ । राज्य सरकारले सशप्रतिशत स्वच्छ ऊर्जा उत्पादनको लक्ष्य पूरा गर्ने योजना कार्यान्वयन गर्न तयारी सुरु गरेको हो ।

राज्य सरकारले नवीकरणीय ऊर्जामा लगानी बढाउन लगानीकर्तालाई ५० प्रतिशत अनुदान दिने सौर्य ऊर्जा सम्बन्धि नीति सार्वजनिक गरेको छ । सौर्य ऊर्जामा लगानी गर्ने लगानीकर्ताले कूल लागतको ५० प्रतिशत सरकारबाट अनुदान पाउने व्यवस्था नीतिमा गरिएको त्यहाँका पर्यावरण मन्त्री निलेश काब्राललाई उदृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

उनले राज्यमा शतप्रतिशत नवीकरणीय ऊर्जा उत्पादन गर्ने योजना बनाइरहेको भन्दै केन्द्र सरकारलाई पत्र लेखी सहयोगका लागि आग्रह गरेको समाचारमा जनाइएको छ । अहिले गोवा राज्यको दिउँसोको कूल विद्युत खपत ५४० मेगावाट हारामारीमा मात्रै छ । बढी विद्युत खपत हुने साँझको ६ देखि राति ११ बजेसम्मको समयको खपत दिउँसोकोभन्दा सय मेगावाट बढी अर्थात् ६४० मेगावाटसम्म रहने गरेको सञ्चार माध्यमहरूले जनाएका छन् । 

राज्यभरमा अहिलेसम्म नवीकरणीय ऊर्जाको जडित क्षमता भने १५ मेगावाट मात्रै छ । गोवा इनर्जी डेभलपमेन्ट एजेन्सी (जिइडिए) नवीकरणीय ऊर्जाको क्षेत्रमा केन्द्र सरकार र राज्य सरकारका योजना कार्यान्वयन गर्ने नोडल एजेन्सी हो । 

राज्य सरकारले सेलौलिम, अम्थेनेम, अन्जुनेम र चापोली बाँधमा २५ वर्षका लागि डिजाइन, निर्माण, लगानी तथा सञ्चाला मोडालिटीमा सौर्य ऊर्जा प्रविधि जडान गर्ने योजना बनाएको छ । भारतले उत्पादन गर्ने कूल जडित क्षमताको ७० प्रतिशत विद्युत कोइलामा आधारित थर्मल प्लान्टबाट उत्पादन गर्दै आएको छ ।

कोइलामा आधारित थर्मल प्लान्टबाट कार्बन उत्सर्जन बढिरहेकाले यसलाई घटाउँदै लैजानु पर्ने दवाव भारतलाई छ । भारतले नवीकरणीय ऊर्जा उत्पादन बढाएर सन् २०७० सम्ममा कार्बन उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । 

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको सहयोगमा अनुवाद

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit