images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १७, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा
एचआइडिसिएलको ‘४ वर्षे रणनीतिक योजना’

काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल)ले ४ वर्षभित्र साढे ६ हजार मेगावाटका जलविद्युत् आयोजनामा सेयर पुँजी र ऋण गरी १०० अर्ब रूपैयाँ लगानी प्रवाह गर्ने लक्ष्य अघि सारेकाे लिएको छ । कम्पनीले आर्थिक वर्ष (आव) २०७९/८० देखि सुरू गरेकाे ‘४ वर्षे रणनीतिक योजना’ अन्तर्गत उक्त लक्ष्य अघिसारेर याेजनामा काम गरिरहेको जनाएकाे छ ।

कम्पनीले प्रतिबद्धता गरेका आयाेजनाहरूमा आव २०८२/८३ भित्र उक्त लगानी परिचालन गरिसक्ने लक्ष्य लिएको हाे । यो अवधिभित्र १०० अर्ब मध्ये ३२ अर्ब रुपैयाँ ऋण र सेयर वापतको लगानी प्रवाह गर्ने योजना छ ।

कम्पनीले सेयर पुँजी लगानीमार्फत २२ अर्ब, अन्य वित्तीय उपकरणको माध्यमबाट १५ अर्बसहित ३७ अर्ब रुपैयाँ बराबरको वित्तीय स्रोतको परिचालन गर्ने लक्ष्य समेत राखेकाे छ । 

कम्पनीले जलविद्युत् विकास र लगानीको सन्दर्भमा विगतमा अवलम्बन गरेको रणनीति र हासिल गरेको उपलब्धिको समीक्षा समेतका आधारमा भावी गन्तव्य, लक्ष्य र मार्गचित्रसहितको ‘४ वर्षे रणनीतिक योजना’ तयार गरी कार्य प्रारम्भ गरिहरेको छ ।

निजी तथा सरकारी स्तरबाट विकास गरिने जलविद्युत् आयोजनामा सेयर तथा ऋण लगानी गरी आयोजनाको वित्तीय, संस्थागत एंव प्राविधिक सृदृढीकरण गर्ने तथा दीर्घकालीन लगानी गरी सेयरधनीको लाभ वृद्धि गर्ने यो योजनाको मुख्य उद्देश्य हो ।

कम्पनीले आफ्नो उद्देश्य बमोजिम विभिन्न जलविद्युत् आयोजनाहरू, प्रसारण कम्पनी एवं इन्जिनियरिङ कम्पनीहरूमा ऋण तथा सेयर लगानी गरेको छ। हालसम्म कुल ३,४३६ मेगावाटका २९ जलविद्युत् आयोजना, एउटा ४०० केभी क्रस बोर्डर प्रसारण लाइन र अन्य तीन वटा ऊर्जासँग सम्बन्धित कम्पनीहरूमा कुल ४२ अर्ब ५७ करोड रुपैयाँ बराबरको ऋण तथा सेयर लगानी गर्ने प्रतिबद्धता स्वीकृत गरेकाे जनाएकाे छ । 

स्वीकृत लगानी मध्ये १३ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी भुक्तानी भइसकेको छ । कम्पनीबाट लगानी भएका आयोजनाहरुमध्ये ८२३ मेगावाटका १२ वटा जलविद्युत् आयोजनाहरूको व्यापारिक उत्पादन सुरु भइसकेको छ ।

यसैगरी, सरकारी तथा निजी क्षेत्रबाट अगाडि बढाइएका अध्ययन तथा निर्माणको विभिन्न चरणमा रहेका कुल २,१२५ मेगावाटका १५ जलविद्युत् आयोजना, कुल ६५ मेगावाटका ६ सौर्यविद्युत् आयाेजना र २ वटा हाइभोल्टेज प्रसारण लाइनहरूमा करिब ३० अर्ब रुपैयाँ बराबरको ऋण तथा सेयर लगानीको प्रस्तावमा छलफल, अध्ययन तथा मूल्यांकन भइरहेको पनि जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit