विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भारतको नयाँ तथा नवीकरणीय ऊर्जा मन्त्रालयले राष्ट्रिय हरित हाइड्रोजन अभियान (मिसन)  सुरुवातको घोषणा गरेको छ । हरित हाइड्रोजनको प्रयोग, त्यसको भण्डारण र निर्यातसमेत गर्ने उद्देश्यले यस्तो घोषणा गरिएको हो ।

उक्त मिसन अनुसार भारतलाई हरित हाइड्रोजन र यसको डेरिभेटिभको उत्पादन, प्रयोग र नियातको लागि विश्वव्यापी हब बनाउनु रहेको छ । यो मिसनले अर्थतन्त्रमा डिकार्बोनाइजेसन, जीवाश्म इन्धन आयातको निर्भरतामा कटौती र हरित हाइड्रोजनमा प्रविधि र बजारको नेतृत्व लिन भारतलाई सक्षम बनाउने विश्वास गरिएको छ ।

उक्त मिसनको प्रारम्भिक अनुमानित खर्च भारु १९७ अर्ब ४४ करोड रहेको छ, जसमा ‘हरित हाइड्रोजन ट्रान्जिसन प्रोग्राम’को रणनीतिक हस्तक्षेप अन्तर्गत भारु १७४ अर्ब ९० करोड खर्च छुट्याइएको छ । पाइलट परियोजनाका लागि भारु १४ अर्ब ६६ करोड, अनुसन्धान तथा विकासका लागि भारु ४ अर्ब र अभियानका अन्य कामका लागि भारु ३.८८ अर्ब विनियोजन गरिएको जनाइएको छ ।

उक्त मिसन कार्यान्वयनका लागि मन्त्रालयले हरित हाइड्रोजन अभियानमा संलग्न सम्बन्धित पक्षहरूका लागि योजना तथा दिशानिर्देशहरू तयार गर्नेछ । वार्षिक कम्तीमा ५० लाख टनबराबर हरित हाइड्रोजन उत्पादन गर्ने लक्ष्यका साथ मिसनले काम गर्ने पनि जनाइएको छ ।

सन् २०३० सम्म थप १२५ गिगावाट नवीकरणीय ऊर्जा उत्पादन गर्ने प्रक्षेपण रहेको पनि मन्त्रालयले जनाएको छ; जसका लागि भारु ८,००० अर्ब (८ ट्रिलियन) लगानी आकर्षण गर्ने योजना रहेको छ । यसले जीवाश्म इन्धन आयात न्यूनिकरणका माध्यमद्वारा कूल भारु १,००० अर्ब (१ ट्रिलियन) भन्दा बढी रकम सञ्चित गर्ने अनुमान छ । सन् २०३० सम्म वार्षिक करिब ५० टन हरितगृह ग्यास उत्सर्जनमा कमी ल्याउने भारतको रणनीति छ ।

भारतले सन् २०४७ सम्म ऊर्जामा आत्मनिर्भर हुने नीति लिएको छ भने सन् २०७० सम्म कार्बन खुद उत्सर्जन शून्यमा झार्ने लक्ष्य लिएको छ । यसका लागि भारत सरकारले हरित हाइड्रोजन उत्पानलाई मुख्य भूमिकाका साथ अघि सारेको छ । राष्ट्रिय हरित हाइड्रोजन अभियानमार्फत बृहत् कार्ययोजनाद्वारा भारत हरित हाइडोजन उत्पादन र प्रयोगको वातावरण बनाउँदै जाने योजनामा छ । 

हाल भारतले ४० प्रतिशत प्राथमिक ऊर्जाको आवश्यकता आयातमार्फत पूर्ति गर्दै आएको छ । जसका लागि भारत सरकारले ९० अर्ब अमेरिकी डलर प्रतिवर्ष खर्चिने गरेको छ । यसमध्ये, व्यावसायिक र औद्योगिक क्षेत्र मुख्यतः आयातित जीवाश्ममा आधारित रहेका छन् । तीव्र आर्थिक वृद्धि हासिल गर्दै आएको यस राष्ट्रमा विगत २० वर्षमा ऊर्जाको प्रयोग दोब्बर भएको छ भने आगामी सन् २०३० सम्म कम्तीमा थप २५ प्रतिशतले बढ्ने अनुमान गरिएको छ ।

हरित हाइड्रोजन मिसनमार्फत हरित हाइड्रोजनको अधिकतम उपयोगद्वारा हरित एमोनिया र हरित मिथानोल ग्यास उत्पादन र उपयोग बढाउने योजना छ । साथै, सहरी क्षेत्रमा ग्यास वितरण प्रणाली, स्टील उत्पादन लगायत गतिविधि प्रवद्र्धन गर्दै जल, स्थल र वायुमार्गका यातायातमा समेत जीवाश्म ऊर्जालाई विस्थापित गर्दै जाने उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit