images
images
images

विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था (इपान)ले २४औँ बार्षिकोत्सव मनाएको छ । बिहीबार काठमाडौँमा आयोजित इपानको बार्षिकोत्सव उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले उद्घाटन गरे ।

समारोहका विशेष अतिथि ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहदुर बस्नेतले ऊर्जा विकासमा निजी क्षेत्रको ६०/७० प्रतिशत योगदान रहेको बताए । उनले निजी क्षेत्रको माग पूरा गर्न सरकार प्रयत्नशील रहेको र निजी क्षेत्रको माग पुरा भएपछि ऊर्जा उत्पादन बढाउन सहयोग पुग्ने पनि बताए ।

उनले पछिल्लो दशकमा ८०० बाट २९०० मेगावाट उत्पादन क्षमता पुग्नुमा निजी क्षेत्रको सबैभन्दा ठूलो हात रहेको बताए । उनले अबको ३/४ महिनामा निजी क्षेत्रबाट करिब ५०० मेगावाट थप विद्युत् प्रणालीमा जोडिने जानकारी दिए । निजी क्षेत्रले आफूले यति काम गर्छु भन्ने प्रतिबद्धता लिएर आएमा सरकारले त्यसका लागि सहयोग गर्ने पनि मन्त्री बस्नेतले प्रतिबद्धता जनाए ।

कार्यक्रममा गृहमन्त्री श्रेष्ठले ऊर्जाको आन्तरिक खपत बढाउन सरकारले नीति निर्माण लगायतका तहमा काम गरिरहेको बताए । सरकारले आगामी वैशाखमा गर्न लागेको लगानी सम्मेलनमा ऊर्जा क्षेत्रलाई कसरी अघि बढाउने भनेर योजना बनाउने काम गरीरहेको पनि उनले जानकारी दिए ।

ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले लगानी बढाउन आवश्यक रहेको बताउँदै श्रेष्ठले देशमा ऊर्जा उत्पादनको सम्भावना निकै बढ्दै गएकाले यसमा सरकार र निजी क्षेत्र दुवैले लगानी बढाउन आवश्यक रहेको बताए ।

श्रेष्ठले ऊर्जा उत्पादकहरूले व्यापार मात्रै नगरेर देश विकासका लागि महत्वपूर्ण योगदान समेत गरिरहेको बताए । उनले ऊर्जा उत्पादन गरी व्यापार मात्रै गरेर नपुग्ने भन्दै यसको आन्तरिक उपभोगको क्षेत्र बढाउनु पर्नेमा पनि विशेष जोड दिएका छन् । उनले अब ग्रिन डेभलपमेन्टको अवधारणा लिन सके देश विकासको बाटोमा जाने बताए । श्रेष्ठले उद्यमीहरूले निर्धक्क भएर लगानी गर्न र सुरक्षामा कुनै पनि कमि हुन नदिने प्रतिबद्धता पनि जनाएको छ ।

कार्यक्रममा इपानका अध्यक्ष गणेश कार्कीले प्रधानमन्त्रीको भारत भ्रमणपछि ऊर्जा उद्यमी उत्साहित भएको बताउँदै १० बर्षमा १० हजार मेगावाट विद्युत् बेच्ने सरकारको समझौता निकै स्वागतयोग्य रहेको बताए । ‘अहिले देश ऊर्जामय भएको छ’ उनले भने ‘सरकारलाई अबको दशक ऊर्जा दशक घोषणा गर्न माग गर्छु, साथै सरकारले अबको दशकलाई ऊर्जा संकटकाल लगाउन समेत माग गर्दछु ।’

अहिले सरकारले ऊर्जा क्षेत्रमा भ्याट बढाएको जानकारी गराउँदै कार्कीले पहिलाकै दरमा कायम गर्न सरकारसँग माग गरे । ‘ऊर्जा क्षेत्रको भ्याट घटाउने सवालमा अर्थ मन्त्रालयले यो समस्या समाधान गर्न ऊर्जा मन्त्रालयले क्याबिनेटमा प्रस्ताव लैजान सुझाव दिएको छ’ उनले भने ‘ऊर्जा मन्त्रालयबाटै यो समस्या समाधान हुनेमा हामीहरु विश्वस्त छौं ।’

गत असारमा बाढी पहिरोका कारण ३१ आयोजनामा क्षति भएको भन्दै ती आयोजनाको समस्या समाधान गर्न पनि कार्कीले आग्रह गरे । उनले १० हजार मेगावाट विद्युत् उत्पादन गर्न ४६ खर्ब रुपैयाँ लगानी लाग्ने सम्झाउँदै यसमा राष्ट्र बैंकलाई समेत ध्यान दिन आग्रह गरे ।

विदेशमा रहेका नेपालीले नेपाल फर्केपछि घर जग्गामा लगानी गर्ने गरेको भन्दै अबका दिनमा त्यो लगानी जलविद्युत् आयोजनामा लगानी गर्न व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेका छन् ।

कार्कीका अनुसार प्रसारण लाइन नहुने हो भने विद्युत धेरै खेर जाने र त्यो अवस्था ऊर्जा उद्यमीले सहन नसक्ने बताए । गत आवमा २÷३ सय मेगावाट विद्युत् खेर गएको र त्यसको असरले बैंकले ऊर्जा उद्यमीलाई कालो सूचीमा राख्नेसम्मको अवस्था आउनेतर्फ पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

आयोजनामा समय समयमा तोडफोड हुने, चन्दा आतंक बढेको, फोन नउठाउने हो भने घरमै आएर आतंकित बनाउने गरेको भन्दै सुरक्षामा ध्यान दिन पनि गृह मन्त्रीलाई आग्रह गरे । अहिले ३६०० मेगावाट क्षमताका पिपिए भएका आयोजनामा बैंकले लगानी नगरेकोले यसको समाधानका लागि सबै पक्षको ध्यानाकर्षण गराए छन् ।

कार्कीले अर्बौंका आयोजना बनाउने, विद्युत् निर्यात गरेर विदेशी मुद्रा आर्जन गर्ने, देशलाई समृद्धिको बाटोमा डो¥याउने ऊर्जा उद्यमीहरूलाई सिंहदरबार छिर्न समस्या भइरहेको भन्दै इपानको कार्ड देखाएपछि सिंहदरबार प्रवेश पाउने व्यवस्था मिलाउन गृहमन्त्रीलाई आग्रह गरेका छन् ।

ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरू सम्मानित

कार्यक्रममा ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई इपानले विशेष सम्मान गरेको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, ऊर्जा मन्त्री बस्नेत र इपानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् ।

इपान विशेष सम्मानबाट सम्मानित हुनेमा ऊर्जा मन्त्रालयका सह–सचिवद्वय नविनराज सिंह र सन्दीप कुमार देव, विद्युत् विकास विभागका महानिर्देशक चिरन्जीवी चटौत र नेपाल विद्युत् प्राधिकरणका पूर्व उप–कार्यकारी निर्देशक प्रवल अधिकारी रहेका छन् ।

त्यस्तै, वरिष्ठ ऊर्जा पत्रकारिता सम्मानबाट जलसरोकार डटकमका प्रधान सम्पादक विकास थापालाई सम्मान गरिएको छ ।

त्यस्तै, १ मेगावाट भन्दा ठूलो निजी क्षेत्रको पहिलो आयोजनाका रुपमा २०५८  माघ १० गते सम्पन्न भएको नेशनल हाइड्रो पावर कम्पनीलाई सम्मान गरिएको छ । कम्पनीले ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत् आयोजना सञ्चालन गरिरहेको छ । कम्पनीका संस्थापक अध्यक्ष जीतबहादुर श्रेष्ठ र वर्तमान अध्यक्ष कुमार पाण्डेलाई सम्मान गरिएको हो ।

कार्यक्रमममा १ मेगावाट भन्दा सानो पहिलो जलविद्युत् आयोजनाका रूपमा १८३ किलोवाटको स्याङ्गे साना जलविद्युत् आयोजनालाई सम्मान गरिएको छ ।

निजी क्षेत्रले निर्माण गरेको जलविद्युत् आयोजनामा पहिलो पटक लगानी गरेको नबिल बैंक (तत्कालिन नेपाल बंगलादेश बैंक), आयोजना निर्माणमा संलग्न पहिलो निर्माण कम्पनीको रुपमा एभरेष्ट निर्माण सेवा कम्पनी, आयोजनाको बीमा गर्ने पहिलो बीमा कम्पनीको रूपमा आईजीआई ग्रुडेन्सियल इन्स्योरेन्स कम्पनी (साबिकको एनबी इन्स्योरेन्स) लाई पनि सम्मान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit