विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १२, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

तनहुँ । तनहुँको देवघाट गाउँपालिकाको १ नम्बर वडामा पहिलो पटक राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । जिल्लामा निर्माणाधीन १ सय ४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको ग्रामिण विद्युतीकरण कार्यक्रमअन्तर्गत यो वडामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुर्याइएको हो ।

गाउँपालिकाको वडा नम्बर ५ स्थित देवपुरबाट ११ केभी वितरण लाइनमार्फत पुर्याइएकाे विद्युतले कालीटार, कोटा र गोपीटार गाउँ उज्यालो भएको छ । राष्ट्रिय प्रणालीको सेवा पुगेपछि यी गाउँकाे विद्युत आपूर्ति दिगो र नियमित हुने भएको छ । यसअघि यहाँका स्थानीयले लघु जलविद्युत केन्द्रले उत्पादन गरेको विद्युत उपयोग गर्दै आएका थिए । 

त्यस क्षेत्रमा विद्युतीकरण गर्न निर्माण गरिएको ११ केभी लाइन र ३ वटा ट्रान्सफर्मर बिहीबार संचालनबाट सञ्चालनमा आएको तनहुँ विद्युतीकरण आयोजनाका साइट इन्चार्ज लक्ष्मण रेग्मीले बताए । उनका अनुसार राष्ट्रिय प्रणालीको विद्युत सेवा पुगेपछि वडाका ५ सय घरधुरी लाभान्वित भएका छन् ।

‘लाइन र ट्रान्सफर्मर जडान गरी चार्ज गरेका छौं । तनहुँ वितरण केन्द्रले अब उपभोक्ताको घरघरमा मिटर जडान गर्दैछ,’ उनले भने, ‘विद्युत आपूर्तिका लागि कालीटार, कोटा र गोपीटारमा एक–एक वटा ट्रान्सफर्मर राखिएको छ ।’ यसअघि जिल्लाको घिरिङ गाउँपालिका–१ मा पनि राष्ट्रिय प्रसारण लाइनको विद्युत सेवा पुर्याइएको थियो । तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत जिल्लामा विद्युतीकरण विस्तारको काम भइरहेको छ ।

नेपाल विद्युत प्राधिकरण आयोजना व्यवस्थापन निर्देशनालयमार्फत तनहुँ ग्रामिण विद्युतीकरण तथा वितरण प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत विद्युतीकरण विस्तारको काम भइरहेको छ । विद्युतीकरण कार्यक्रम अघि बढाउन इष्ट इन्डिया उद्योग÷वाइवा ईन्फ्राटेक जे.भी.सँग २०७५ मंसिर १३ गते ठेक्का सम्झौता भएको थियो । 

ठेक्का सम्झौताको रकम १४ करोड ८८ लाख रुपैयाँ (६१ लाख ५३ हजार अमेरिकी डलर)  रहेको छ । ठेकेदार कम्पनीले विद्युतीकरण नभएका क्षेत्रको पहिचान गरि सर्भे तथा डिजाइन सम्पन्न गरिसकेको छ । कम्पनीले विद्युतीकरण गर्ने स्थानमा ३३/११ केभी वितरण लाइन निर्माण गर्नेछ । 

कार्यक्रमअन्तर्गत नै बन्दीपुर गाउँपालिकाको सराङघाट र घिरिङ गाउँपालिकामा सबस्टेसन निर्माणाधीन छन् । ग्रामिण विद्युतीकरणअन्तर्गतका सम्पूर्ण कामहरु यसै आर्थिक वर्षमा सक्ने लक्ष्य राखिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit