विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । म्याग्दीको घारखोलामा निर्माणाधीन १४ मेगावाटको घारखोला जलविद्युत आयोजना ९० प्रतिशत पूरा भएको छ । म्याग्दी हाइड्रोेपावर कम्पनीले निर्माण गरीरहेको आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको बाँध क्षेत्रको काम पुरा भएको आयोजना प्रमुख विनोद देवकोटाले बताए । उनका अनुसार ३ हजार ५ सय मिटर सुरुङ खन्ने काम सकिएको छ ।

‘अहिले सुरुङ ढलान गर्ने काम भइरहेको छ’, उनले ऊर्जाखबरसँग भने, ‘ढलानको काम साढे २ महिनाभित्र सकिन्छ ।’ १२ सय मिटर लामो पेनस्टक पाइपलाइनको पनि पाइप जोड्ने र बिछ्याउने काम भइरहेको छ । पेनस्टकको काम बैशाखभित्र पूरा हुनेछ ।

विद्युतगृहको पनि सिभिल संरचनाको काम अन्तिम चरणमा पुगेको छ । संरचनाको काम आगामी डेढमहिनाभित्र पुरा गरि उपकरण जडानको काम सुरु गरिनेछ । उपकरण जडानको काम सुरु भएको ३ महिनाभित्र पूरा हुनेछ । 

साढे ३ वर्षअघिदेखि निर्माण सुरु भएका आयोजनाबाट गत असारमा नै विद्युत उत्पादन गर्ने तालिका थियो, तर, भौगोलिक विकटता, कोरोनाको जोखिम, निषेधाज्ञा र पहिरोको असहज अवस्थाका कारण आयोजना प्रभावित भएको हो ।

अब, आयोजनाबाट २०७९ साउनभित्र विद्युत उत्पादन गर्ने तालिका छ । आयोजना सम्पन्न गर्न २ अर्ब ४२ करोड रुपैया लागत अनुमान गरिएको छ । आयोजनामा एनएमबी बैंकको अगुवाईमा ७० प्रतिशत ऋण लगानी छ । बाँकी ३० प्रतिशत स्वपुँजी लगानी रहेको छ ।

आयोजनाबाट उत्पादीत विद्युत ८ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको दाना सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन कम्पनी आफैले निर्माण गरिरहेको छ । लाइनको काम पनि ६० प्रतिशत बढी पूरा भएको छ । लाइनमा करिब २ सय पोल रहनेछन् ।
 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit