विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

दोलखा । दोलखास्थित ७ मेगावाटको सुरी खोला जलविद्युत आयोजनाको संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको छ । दोलखाको गौरीशंकर गाउँपालिका–५ सुरीमा निर्माण सम्पन्न आयोजनाबाट विद्युत उत्पादन  गर्न परीक्षण थालिएको हो ।

आयोजनाको संरचनामा पानी भरेर जडान भएका हाइड्रोमेकानिकल उपकरणको परीक्षण सुरु गरिएको प्रवद्र्धक मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीले जनाएको छ । कम्पनीका अनुसार बुधबार गुरुम्फीमा कार्यक्रम गरी गाउँपालिका अध्यक्ष सोयमबहादुर खड्का, डोल्मा इम्प्याक्ट फण्डका प्रमुख कार्यकारी अधिकृत गोचर र कम्पनीका अध्यक्ष हिमाल गुरुङले संयुक्तरूपमा उद्घाटन गरेर परीक्षण आरम्भ गरेका हुन् ।

संरचनामा पानी भरेर परीक्षण सुरु गर्नुअघि बाँध क्षेत्रमा इन्टेक, गेट, बालुवा थिग्रयाउने पोखरी, तथा पेनस्टक पाइप र विद्युतगृहको ‘ड्राइ टेष्ट’ सम्पन्न भइसकेको आयोजना प्रमुख सरोज खनालले बताए । ‘ट्राइ टेष्ट’ सफल भएपछि नै संरचनामा पानी भरेर परीक्षण सुरु गरिएको पनि उनले बताए । संरचनाको परीक्षण सकिएपछि आयोजनाबाट उत्पादन परीक्षण थालिने कम्पनीले जनाएको छ ।

संरचनाको परीक्षण भइरहे पनि आयोजनाको विद्युत जोडिने सिंगटी सबस्टेसन पूर्णरूपमा तयार भइनसकेकाले कहिलेदेखि विद्युत उत्पादन सुरु गर्ने भन्ने निश्चित नभएको खनालले बताए । ‘निर्माण पूरा भई हाम्रो आयोजना संरचनाको परीक्षणमा पनि गइसकेको छ,’ उनले भने, ‘संरचनाको सफल परीक्षण भएमा तत्कालै परीक्षण उत्पादन सुरु गर्न सकिन्छ । तर, सबस्टेसनमा जोड्न समय लाग्ने देखिन्छ ।’

उनले आयोजनाको विद्युतगृहदेखि सिंगटी सबस्टेसनसम्म विद्युत बोक्ने ६ किलोमिटर ३३ केभी प्रसारण लाइन तयार भइसकेको बताए ।
सुरी र चंखुको दोभानमा आयोजनाको बाँध क्षेत्रका संरचना निर्माण गरी ३ किलोमिटर पेनस्टक पाइपको माध्यमबाट पानी ल्याएर गौरीशंकर गाउँपालिका–५ गुरुम्फीमा विद्युतगृह निर्माण गरिएको छ । 

विद्युतगृहमा २ वटा युनिटका पेल्टन टर्वाइन जडान गरिएको छ । आयोजनाको ग्रह हेड २८२ मिटर छ । आयोजना सञ्चालनमा आउँदा  सुख्खा याममा ५.२८ गिगावाट घन्टा तथा बर्खामा २७.५६ गिगावाट घन्टा गरी वार्षिक ३२.८५ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।

आयोजनामा प्रभु बैंकको अगुवाईमा नेपाल बैंकलादेश बैंक र सेञ्चुरी बैंकले लगानी गरेका छन् । १ अर्ब २३ करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा ३० प्रतिशत स्वपुँजी र ७० प्रतिशत बैंककाे ऋण लगानी छ । 

२०७५ माघदेखि निर्माणको काम सुरु गरेको आयोजनाले साँढे २ वर्षमा विद्युत उत्पादन गर्न लागेको हो । सुरी हाइड्रो पावर कम्पनी र मकर जितुमाया सुरी हाइड्रो पावर मर्ज भई १ महिना अघिदेखि मकर जितुमाया सुरी हाइड्रो पावर कम्पनी बनेको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय र सर्वसाधारणका लागि सेयर निष्कासनको तयारी गरेको छ ।

सेयर निष्कासन तथा बिक्री वितरण गर्न प्रभु क्यापिटललाई नियुक्त गरिएको छ । कम्पनीले कूल  जारी पुँजी ७६ लाख कित्ताको ३० प्रतिशत अर्थात २२ लाख ८० हजार कित्ता सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो । जसमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि ७ लाख ६० हजार कित्ता र सर्वसाधारणका लागि १५ लाख २० हजार कित्ता सेयर निष्कासन हुँदैछ ।

सो कम्पनीले निर्माण गरिरहेको आयोजनामा डोल्मा इम्प्याक्ट फण्डको समेत लगानी रहेको छ । कम्पनीले सोही खोलामा अहिले निर्माण सम्पन्न भएको आयोजनाभन्दा केही माथि ७ मेगावाट अर्को आयोजनाको निर्माण समेत थालेको छ । यही समूहले दोलखाकै विगू गाउँपालिकामा २० मेगावाट र ५ मेगावाट २५ मेगावाटका २  आयोजना आगामी हिउँददेखि निर्माण तयारी थालेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit