विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ असार ५, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल, (इपान) को आगामी निर्वाचनदेखि ‘इ–भोटिङ’ अर्थात् अनलाइन प्रणालीबाट मतदान गरिने भएको छ । संस्थाका सल्लाहाकारको सुझाव कार्यान्वयन तथा समयानुसारको प्राविधिक प्रणाली आत्मसात् गर्दै यो विधि अपनाइने भएको हो ।

नेपाली राजनीतिमा दशकौँदेखि यो प्रणाली अवलम्बन गर्ने बहस एवम् छलफल हुँदै आए पनि निजी ऊर्जा उद्यमीहरूले यसलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता जनाएका छन् । इपानले यो विधि कार्यान्वयन गरेमा संस्था रूपान्तरणको बलियो सन्देश त जाने नै छ, साथै मतदान तथा कार्यसमिति चयन प्रक्रियामा देखिने विवादका आवाज पनि मत्थर हुने देखिन्छ ।

यसैगरी, ‘डिजिटल’ भोटिङ प्रक्रिया कार्यान्वयन गर्ने सम्भवतः इपान पहिलो निजी संस्था पनि बन्ने छ । यसले अन्य संघ–संस्था तथा निकायलाई पनि त्यसतर्फ पाइला चाल्ने बाटो निर्माण हुने अपेक्षा गर्न सकिन्छ ।

इपान सल्लाहकार तथा एमभी दुगड समूहका अध्यक्ष मोतीलाल दुगडले इपानले दशकौँदेखिका विवाद अन्त्य गर्दै आधुनिक रूपान्तरणको चरणमा प्रवेश गर्ने विधिमध्ये पहिलो ‘इ–भोटिङ’ विधि अपनाउनुपर्ने सुझाव दिएका थिए । अन्य सल्लाहकारहरूले समेत यसमा जोड दिँदै आएका थिए ।

विद्यमान इपान विद्यानअनुसार वरिष्ठ उपाध्यक्ष रहेका डाँगी स्वतः अध्यक्ष चयन भएका थिए । आफू चयन भएलगत्तै डाँगीले आफूले ३ वर्षभित्र गर्ने कार्यहरूमध्ये ‘इ–भोटिङ’लाई प्राथमिकता दिँदै कार्यान्वयन गर्ने प्रतिबद्धता समेत जनाएका थिए । उनले मञ्चबाट सल्लाहकार दुगडले यो विधि लागु गर्न विशेष सुझाव दिएको हुँदा ‘जसरी पनि कार्यान्वयन हुने’ बताएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३