विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशययुक्त जलविद्युत आयोजनाको प्रवर्द्धक बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले सरोकारवालासँग राय/सुझाव माग गरेको छ । कम्पनीले आयोजना निर्माण गर्दा पर्न सक्ने वातावरणीय प्रभावका सम्बन्धमा सम्बन्धित सरोकारवालासँग राय/सुझाव मागेको हो ।

सम्बन्धित सरोकारवालालाई आयोजना निर्माण गर्दा स्थानीय क्षेत्रको वातावरणमा पर्न सक्ने प्रतिकुल प्रभावका सम्बन्धमा लिखित राय/सुझाव माग गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार प्रतिवेदन तयारी गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक, भौतिक, जैविक, सामाजिक, साँस्कृतिक र आर्थिक प्रणालीमा के कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो क्षेत्रको नगरपालिका, गाउँपालिका, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला त्यक्ति वा संस्थासँग लिखित राय\सुझाव माग गरिएको  छ ।

प्रभावितले आगामी एकसाताभित्र कम्पनीको कार्यलय वा परामर्शदाता एनइए इन्जिनियरीङ कम्पनी लिमिटेडको कार्यालयमा प्राप्त हुने राय सुझाव पठाउनुपर्नेछ । आयोजनाबाट सुर्खेत जिल्लाको पंचपुरी नगरपालिकाको वडा नम्बर ५ र ७, चौकुने गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ र अछाम जिल्लाको ढकारी गाउँपालिकाको वडा नम्बर ५, ६ र ७ र तुर्माखौद गाउँपालिकाको वडा नम्बर ३, ४ र ५ का स्थानीय प्रभावित हुनेछन् ।

आयोजनाको बाँध सुर्खेतको चौकुनेको वडा नम्बर ६ र अछामको ढकारीको पनि वडा नम्बर ६ मा निर्माण हुनेछ । बाँधका कारण कर्णाली नदीमा ५.४२ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको १६१६.९५ लाख घनमिटर क्षमताको जलाशय बन्नेछ ।

पानीको डिजाइन बहाव सुक्खा समयमा करिब ५३६ घनमिटर प्रतिसेकेण्ड र बर्खामा करिब ५५१.३३ घनमिटर प्रतिसेकेण्ड हुनेछ । आयोजना पूरा भएपछि वार्षिक २३६९.८८ गिगावाट घन्टा विद्युत उत्पादन हुने गरि डिजाइन तयार गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit