विद्युत आपूर्त : प्राधिकरण :४९५२ मे.वा.घन्टा / निजी क्षेत्र :४५७५ मे.वा.घन्टा / आयात : १४८१९ मे.वा.घन्टा / ट्रिपिङ : मे.वा.घन्टा / ऊर्जा माग :२४३४६ मे.वा.घन्टा/ उच्च माग :१२८७ मेगावाट
×

रुरु जलविद्युत परियोजनाकाे सेयर आवेदन खुल्याे

२०७७ फाल्गुण ७

काठमाडौं । रुरु जलविद्युत परियोजना कम्पनीले स्थानीय बासीका लागि साधारण सेयर निष्कासन गरेकाे छ । कम्पनीले गुल्मीमा सञ्चालित ५ मेगावाटको माथिल्लो हुग्दी जलविद्युत आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि छुट्याएको सेयर शुक्रबारबाट निष्कासन गरेकाे हाे ।

आयोजना प्रभावित स्थानीय बासीका लागि ४ करोड ७ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको ४ लाख ७ हजार ७ सय ५ कित्ता सेयर निष्कासन गरिएकाे कम्पनीले जनाएको छ । कम्पनीका अनुसार स्थानीयबासीले प्रतिकित्ता सय रुपैयाँका दरले न्युनतम १० कित्तादेखि अधिकतम ४ लाख कित्तासम्मका लागि आवेदन दिन पाउने छन् ।

स्थानीयबासीले छिटोमा फागुन २१ गतेसभित्र सेयर खरिदका लागि आवेदन दिइसक्नु पर्नेछ । यो अवधिमा सबै सेयरका लागि आवेदन नपरेमा ढिलोमा चैत्र ८ गतेसम्म आवेदन दिने व्यवस्था गरिने भएको छ ।

स्थानीयबासीले साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, गरिमा विकास बैंक, ग्लोबल आइएमई बैंकको गुल्मी शाखा कार्यालयबाट सेयर आवेदन दिन सक्नेछन् । साथै, सी–आस्बा सदस्यता प्राप्त गरेका सम्पूर्ण बैंक तथा वित्तिय संस्थाबाट पनि आवेदन दिन सकिनेछ ।

स्थानीयको सेयर निष्कासन गरी बाँडफाँडकाे प्रक्रिया पूरा भएपछि सर्वसाधारणका लागि छुट्याएको सेयर निष्कासन गर्ने कम्पनीको तयारी छ । सर्वसाधारणका लागि ४ लाख ७ हजार ७ सय ६ कित्ता सेयर छुट्याइएको छ । स्थानीयबासीका लागि प्रतिकित्ता सय रुपैयाँ मूल्य निर्धारण गरिए पनि सर्वसाधारणका लागि प्रतिकित्ता १ सय २० रुपैयाँ मूल्य तोकिएको छ । 

सर्वसाधारणका लागि ४ करोड ८९ लाख २४ हजार ७ सय २० रुपैयाँ बराबरको सेयर छुट्याइएको छ । सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडले गर्दैछ । 

नेपाल धितोपत्र बोर्डले कम्पनीलाई गत माघ २१ गते सेयर निष्कासन गरी बाँडफाँड गर्ने अनुमति दिएको थियो । माथिल्लाे हुग्दीमा लगानी गर्ने समूहले नै ८६ मेगावाटकाे साेलु दूधकाेसी जलविद्युत आयोजना निर्माण गरिरहेकाे छ ।

प्रतिक्रिया