विद्युत अपडेट

  • प्राधिकरण : ८५३२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७५० मे.वा.घन्टा
  • निजी क्षेत्र : १५८५४ मे.वा.घन्टा
  • आयात : ९०२८ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १७५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८९१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २००९ मे.वा.
२०८१ जेठ ११, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनीले हाइड्रोजन उत्पादनका लागि अध्ययन प्रक्रिया अघि बढाउने भएको छ । कम्पनीले हरित हाइड्रोजन उत्पादनका लागि अध्ययन गर्न काठमाडौँ विश्वविद्यालय (केयू) सँग शुक्रबार  सम्झौता गरेको छ ।

यसअघि केयूले धुलिखेलस्थित आफ्नै परिसरभित्र ल्याब स्थापना गरी २०७९ मा हाइड्रोजन उत्पादन सुरु गरेको थियो । पछिल्लो समय केयूले हाइड्रोजनबाट चल्ने कारमा रिफ्युलिङ स्टेशनको स्थापना गरी सञ्चालनमा समेत ल्याइसकेको छ ।

बुद्धभूमि हाइड्रोपवार कम्पनीले नुवाकोटस्थित दुप्चेश्वर गाउँपालिकामा सञ्चालनमा ल्याएको ५ मेगावाट क्षमताको तल्लो ताँदी जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गर्नेगरी केयूसँग मिलेर अध्ययन प्रक्रिया अघि बढाएको कम्पनीका निर्देशकसमेत रहेका स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का महासचिव बलराम खतिवडाले बताए ।

‘वर्षामा विद्युत उत्पादन बढी हुने तर खपत नबढ्दा हरेक वर्ष निजी ऊर्जा उत्पादकहरुको विद्युत खेर गइरहेको छ,’ खतिवडाले भने, ‘यसरी खेर जाने विद्युतलाई हाइड्रोजन उत्पादनमा प्रयोग गरेर हिउँदको समयमा प्रयोग गर्न सकिए धेरै विद्युत आयोजनाको वर्षाको समस्या समाधान हुन्छ ।’

दुई पक्षबीच भएको तीनबुँदे सम्झौतामा ग्रीन हाइड्रोजन उत्पादन गर्न केयूका प्रावधिकले तीन महिना सम्भाव्यता अध्ययन गर्ने र अध्यनअनुसार प्रतिवेदनका आधारमा जलविद्युत् परियोजनाको क्षमताअनुसार उत्पादन सुरु गर्ने बताइएको छ ।

सम्झौता पत्रमा केयूका तर्फबाट स्कुल अफ इन्जिनियरिङका डीन प्राडा मनिष पोखरेल, ग्रीन हाइड्रोजन ल्याबका प्रमुख डा. विराजसिंह थापा र एकेडेमिया इन्डष्ट्रिका संयोजक डा. राम लामा तथा कम्पनीका तर्फबाट अध्यक्ष पूर्णलाल श्रेष्ठ, कार्यकारी निर्देशक बलराम खतिवडा र प्रमुख कार्यकारी अधिकृत ९सिइओ० शेखरकुमार सुवेदीले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि थापाले उक्त जलविद्युत् आयोजनामा वर्षामा बढेको पानीको बहावबाट हरित हाइड्रोजन उत्पादन गरी सुरक्षितरुपमा भण्डार गर्ने र हिउँदमा प्रयोगमा ल्याउने गरी उत्पादन गरिने बताए । थापाका अनुसार केयूलाई थप अनुसन्धान गर्न निजी क्षेत्रको जलविद्युत् आयोजनासँग भएको सम्झौताले सहज भएको र निजी क्षेत्रका अन्य हाइड्रो कम्पनीसँग सहकार्य गर्ने बाटो खुलेको पनि बताए ।

कम्पनीका अध्यक्ष श्रेष्ठले जापानमा गएर हरित हाइड्रोजन उत्पादन एवं यातायातमा गरिएको प्रयोग हेरेर यसप्रति आकर्षित भई उत्पादनको योजना बनाएको बताए । उनले पहिलो चरणमा वर्षायाममा कम्पनीमा खेर जाने पानी र बिजुलीबाट ग्रीन हाइड्रोजन उत्पादन गर्ने र त्यसपछि क्षमता बढाउँदै नियमितता दिने योजना रहेको पनि बताए । उत्पादन भएको हाइड्रोजनलाई सोही अवस्थामा ग्यास, एमोनिया वा अन्य सुरक्षित प्रविधिमा भण्डारण गर्ने योजना बनाइएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit